हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु « Khabarhub

हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङको एक बहुतले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। आगलागीपछि केही मानिसहरू भवनभित्रै फसेर जलेका हुन् ।

हङकङ फायर सर्भिस विभागका अनुसार घटनामा चारजनाको मृत्यु भइसकेको छ । यसक्रममा तीन जना घाइते भएका छन्।

यसअघि प्रहरीहरूले आठ जनाको मृत्यु भएको बताएका थिए, तर संख्या फरक परेकोबारे स्पष्ट भएको छैन।

स्थानीय सञ्चार माध्यमहरूले मृतकमा एकजना दमकलकर्मी पनि भएको उल्लेख गरेका छन्, तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

आगलागीले भवनको बाहिरी भाग वरिपरि बाँसको स्क्याफोल्डिङमा फैलिँदै ठूला ज्वाला र बाक्लो धुवाँ उठेको दृश्य देखिएको थियो।

घटनास्थलको लाइभ भिडियोमा दमकलकर्मीहरूले भर्‍याङे–लरीबाट उचाइमा पानी छर्कंदै आगो नियन्त्रण गर्न खोजिरहेको देखिन्थ्यो।

फायर सर्भिस विभागका अनुसार आगलागी दिउँसो सुरू भएको थियो । त्यसलाई दोस्रो उच्चस्तरको गम्भीर घटना भनिएको छ।

प्रहरीका अनुसार प्रभावित भवनहरूभित्र मानिस फसेकोबारे धेरै फोन आएका थिए। ताइ पो हङकङको न्यू टेरिटोरीज क्षेत्रको उत्तरी भागमा पर्ने उपनगरीय क्षेत्र हो, जसको नजिकै चीनको सेन्जेन शहरको सीमा पर्छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ५७ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही