भारतले क्यानाडा र अस्ट्रेलियासँग नवप्रवर्तन गठबन्धन बनाउने « Khabarhub

भारतले क्यानाडा र अस्ट्रेलियासँग नवप्रवर्तन गठबन्धन बनाउने


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले क्यानाडा र अस्ट्रेलियासँग नवप्रवर्तन गठबन्धन निर्माण गर्ने भएको छ । तीन मुलुकबीच त्रिपक्षीय नवप्रवर्तन साझेदारीबारे सम्झौता भएको हो ।

तीन देशका प्रधानमन्त्रीबीच भएको बैठकमा यस्तो सहमति जुटेको समाचारमा जनाइएको छ । जी २० को सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीबीच भेटवार्ता भएपछि यस्तो सहमति भएको हो ।

तीन मुलुकबीच संवेदनशील तथा उदीयमान प्रविधिको क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउन समेत सहमति जुटेको भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । तीन मुलुकले हरित ऊर्जाको क्षेत्रमा नवप्रवर्तनमा विशेष जोड दिन पनि सहमति जनाएका छन् ।

यस पहललाई अघि बढाउनका लागि सन् २०२६ को शुरुवातमा तीन वटै मुलुकका अधिकारीको बैठक डाकिने तय भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ०१ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ