ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु « Khabarhub

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोहीहरू मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले  बताएका छन् ।

ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादी विच मुठभेड भएको जनाइएको छ । 

ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताए अनुसार बुधबार कान्धमालमा ठुलो मात्रामा गोलाबारुद बरामद गरिएको थियो भने । बिहीबार कान्धमाल–गन्जाम सीमामा गरिएको फलो–अप अपरेसनमा धेरै स्थानमा गोली हानाहानमा थप चार जना नक्सलवादीहरुको मृत्यु भएको छ । 

खुरानियाले मारिएका मध्ये एक जना नक्सलवादी ओडिसाका कमान्डका प्रमुख र केन्द्रीय समितिका सदस्य गणेश उइकेका रूपमा पहिचान गरिएको बताए । जो धेरै ठूला–ठुला आक्रमणहरूमा संलग्न थिए ।

प्रहरीका अनुसार यस क्षेत्रमा नक्सालवादीहरूको बारेमा प्राप्त विशेष गुप्तचर सूचनाको आधारमा प्रहरीले संयुक्त खोजी अभियान चलाए पछि गोली हानाहान सुरु भएको थियो ।

गतिरोधका क्रममा प्रहरीलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई ‘ठुलो सफलता’ को रूपमा प्रशंसा गरेका छन् ।  

भारत सरकारले ३१ मार्च २०२६ सम्ममा नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले सयौँको ज्यान लिएको लिनुका साथै हजारौँ विस्थापित भएका छन् । रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : १४ बजे

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना