गगन र विश्वप्रकाशको एक स्वर, ‘विशेष महाधिवेशनको विकल्प छैन’ « Khabarhub

गगन र विश्वप्रकाशको एक स्वर, ‘विशेष महाधिवेशनको विकल्प छैन’


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग थप सशक्त बन्दै गएको छ। विशेष महाधिवेशन पक्षधर समूहले विधानअनुसार महाधिवेशन सुनिश्चित गर्न माग गर्दै पार्टी नेतृत्वलाई औपचारिक रूपमा स्मरणपत्र बुझाएको छ।

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन अभियानका नेतृत्वकर्तामध्येका नेता देवराज चालिसेको अगुवाइमा स्मरणपत्र बुझाइएको हो।

स्मरणपत्रमा विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गरिएको छ। उक्त अवधिमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्नेमा जोड दिइएको छ।

स्मरणपत्र बुझ्दै पार्टी महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यो विषय जानकारी गराइने बताए।

उनले विधान नमान्ने सुविधा कसैलाई नरहेको स्पष्ट पार्दै विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनतर्फ जानुपर्ने अवस्था आएको प्रतिक्रिया दिए।

महामन्त्री थापाले पुस मसान्तभित्र महाधिवेशन गराउनु अब कांग्रेस केन्द्रीय कार्यसमितिको अनिवार्य जिम्मेवारी भएको समेत उल्लेख गरे ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टी विधानअनुसार नै अघि बढ्नुपर्ने धारणा राखे। शर्माले अर्का महामन्त्री थापाको भनाइमा साथ दिँदै नियमित महाधिवेशन टर्दै गएकाले विशेष महाधिवेशन नै अबको विकल्प रहेको उल्लेख गरे ।

उनले विधानमा भएका व्यवस्थाको पालना गर्नु सबैको कर्तव्य भएकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपयुक्त निर्णय गरेर प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका प्रतिनिधिहरूमध्ये ५४ दशमलव ५८ प्रतिशतको हस्ताक्षरसहित २९ असोजमा विशेष महाधिवेशनको मागसहित निवेदन पेश गरिएको थियो।

हाल पार्टीको महाधिवेशन र समानुपातिक बन्दसूचीको विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : २४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम