देउवालाई बजगाईँको जवाफ : कांग्रेसमा डन्डा चल्दैन, सांसदहरू बोल्न स्वतन्त्र छन् « Khabarhub

देउवालाई बजगाईँको जवाफ : कांग्रेसमा डन्डा चल्दैन, सांसदहरू बोल्न स्वतन्त्र छन्


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संसदीय दलको नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार संसद् अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय प्रकट गरेका छन् । 

माघ १८ गतेबाट सुरु हुन लागेको संसद् अधिवेशनबारे संसदीय दलको बैठक जारी रहेका बेला गोरखा–१ बाट निर्वाचित सांसद बजगाईँले सभापति देउवाको निर्देशनअनुसार अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय व्यक्त गरेका हुन् ।

उनले कांग्रेसमा डन्डा नचल्ने जिकिर गर्दै ‘कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने, संसद्मा एक ढिक्का भएर प्रस्तुत हुने’ निर्णय सार्वभौम सांसदलाई स्वीकार नहुने बताएका छन् । 

‘कांग्रेसमा डण्डा चल्दैन । ‘के छ भन्ने भित्रै भन्नुपर्छ’ भन्ने विचार सार्वभौम सांसदलाई स्वीकार हुँदैन, त्यो कांग्रेसलाई सुहाउँदैन,’ सांसद बजगाईँले एक्स (ट्विटर)मा लेखेका छन्, ‘लडाई विस्तृत हुन्छ, लामो हुन्छ र जित्छौँ ।’

सिंहदरबारस्थित दलको कार्यालयमा शनिबार बसेको कांग्रेस पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक–सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको थियो । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार उक्त बैठकले कांग्रेसभित्र रहेका केही कुरा भए दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर संसद् भित्र र बाहिर प्रस्तुत हुँदा एक भएर प्रस्तुत हुने निर्णय गरेको थियो । 

सरकारले संसद् बैठक छलेर ल्याएका अध्यादेशबारे पार्टीभित्र देखिएको असन्तुष्टि मत्थर गर्ने उद्देश्यले कांग्रेसले यस्तो निर्णय गरेको हो । सोही निर्णयका प्रति आपत्ति जनाउँदै सांसद बजगाईँको पछिल्लो प्रतिक्रिया आएको हो । 

शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक–सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले गरेको निर्णयअनुसार कांग्रेसले आइतबारदेखि संसदीय दलको बैठक राखेर छलफल गरिरहेको छ ।

अध्यादेशको अप्ठ्यारो बुझ्न कांग्रेसले गर्‍यो कानुनविद्सँग परामर्श

संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुने कांग्रेसको निर्णय

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ४ : ४७ बजे

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक