के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने « Khabarhub

के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान् शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्वारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठूलाठूला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ ।

महामृत्युञ्जय मन्त्र एक अचम्मको मन्त्र हो जसले व्यक्तिलाई मृत्युको मुखबाट फर्काउँछ । जो भक्तले महामृत्युञ्जय मन्त्रको जप गर्छ रोगको उन्मूलन र जीवनबाट चलिरहेका समस्याहरू हट्छ, उसको सबै बाधाहरू हट्छन् ।

महामृत्युञ्जय मन्त्र जप गर्दा साधकले रुद्राक्ष र भस्म लगाउनुपर्छ।

महामृत्युन्जय मन्त्रको महत्व
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

किन जप्ने महामृत्युञ्जय मन्त्र ?
१. देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले यसको जपले जीवनका कैयौं समस्या, बाधा निवारण हुनुका साथै आयू वृद्धि हुने धार्मिक विश्वास छ ।
२. यस मन्त्रको जप गर्दा भगवान् शिवसमेत प्रसन्न भएकाले कुण्डलीमा गम्भीर रोग, दुर्घटना वा अकाल मृत्युको योग भए सो समेत टर्ने विश्वास गरिन्छ ।
३. कसैको मनमा कुनै डर वा भय भएमा दैनिक १०८ पटक महामृत्युन्जय मन्त्रको जप गरेमा मन शान्त हुने र सबै डर निवारण हुने विश्वास गरिन्छ ।

कसरी जप्ने ?
१. यसकालागि दैनिक नुहाए पश्चात रुद्राक्ष मालामा १०८ पटक यस मन्त्रको जप गर्नुपर्ने मान्यता छ ।
२. महामृत्युन्जय मन्त्रको जप सोमवार वा प्रदोषका दिन गरेमा विशेष लाभ मिल्ने धार्मिक मान्यता छ ।
३. यो मन्त्र जप गर्दा रुद्राक्ष मालाद्धारा गरेमा बढि लाभ मिल्दछ । अन्यथा संख्याहीन जप गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ ।
४. यो मन्त्र जप गर्दा शिवको प्रतिमा, तस्वीर, शिवलिंग वा महामृत्युन्जय यन्त्र सामुन्नेमा राख्नु पर्दछ ।
५. जप गर्दा हाइ काढ्न, आलस्य गर्न र मन डुलाउनु हुँदैन ।
६. मन्त्र जप गर्दा कसैसँग पनि कुरा गर्नु हुँदैन । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै