जुम्लामा मह उत्पादनको तथ्यांक राखिने « Khabarhub

जुम्लामा मह उत्पादनको तथ्यांक राखिने


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँको कनकासुन्दरी गाउँपालिका-१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । 

दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए । 

 उनले भने, ‘वडाको रु एक लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो ।  यी गाउँहरू मह उत्पादनमा यहाँका स्थानीय तहका गाउँभन्दा अगाडि रहेको छ ।’ 

वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिने छ । वडाभर अहिले पाँच सय चार मौरीघार रहेको वडाध्यक्ष भण्डारीको भनाइ छ । 

कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका जिल्ला सचिव नारायण चौलागाईँले गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङमा मौरीपालक किसानको भूमिकाबारे तालिमका सहभागीलाई सिकाएको जानकारी दिए । आत्मनिर्भर बन्न व्यावसायिक सीपमूलक तालिमको अतिआवश्यक रहेको कनकासुन्दरी गाउँपालिका–१ मौरीपालक किसान चन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

जिल्लामा ‘सेराना’ जातको मौरी पालिन्छ । यहाँका आठवटै स्थानीय तहका किसानले पछिल्लो समय मौरीपालनमा आकर्षित हुन थालेका छन्  । कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा आठ हजार बढी मौरीघार छन् । जिल्लामा मह उत्पादनको तथ्यांक राख्न सकिएको छैन । अब आउने आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहबाट उत्पादन हुने महको सही तथ्यांक संकलन गरिने कर्णाली मौरीपालन सहकारी संस्थाले जनाएको छ । यहाँको चन्दननाथ नगरपालिका–२ खोलीकोटका रामकृष्ण बुढ्थापा २०५२ सालदेखि अहिलेसम्म मौरीपालनमा सक्रिय छन् । दुई घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले अहिले एक सय ५० मौरी घार छन्  ।  

पछिल्ला वर्षहरूमा रोग, कीरा र जङ्गली जनावरबाट मौरी बचाउन नसकेको बताए । जिल्लामा हिउँदमा प्रायः चिसोले मौरी मर्ने गरेका छन् । पछिल्लो वर्षमा परागसेचन गर्ने (मौरीले मह बनाउने याम) जेठदेखि साउनमा मर्न थालेपछी मौरीका घार घट्दै गएका छन् । 

कम लगानीमा बढी आम्दानी लिन सकिने भए पनि समयानुकूल घार नहुनु, उपकरण प्राप्त नहुनु, सीप प्रविधिको कमी, विषादीको प्रयोग, चरन क्षेत्रको अभाव, वनजङ्गल नासिँदै जानु, जलवायु परिवर्तनजस्ता कारणले मोरीपालक किसानले चुनौती भोग्नुपरेको मौरीपालन किसान बुढ्थापाको भनाइ छ ।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ५५ बजे

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित