माधव नेपाल धरौटीमा छुटेपछि एकीकृत समाजवादीको बैठक (तस्बिरहरू) « Khabarhub

माधव नेपाल धरौटीमा छुटेपछि एकीकृत समाजवादीको बैठक (तस्बिरहरू)


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत् आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको हो । उक्त बैठकलाई अध्यक्ष नेपालले सम्बोधन गरेका छन् ।

बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू पनि सहभागी छन् । भ्रष्टाचार मुद्दा लागे पनि अध्यक्ष नेपालले पार्टी र संसदीय दल दुवैको बैठकमा अध्यक्षता गरिरहेका छन् ।

विशेषले धरौटीमा छाडेका उनले शुक्रबार सचिवालय बैठकमार्फत् आफूमाथिको मुद्दा, सरकारका गतिविधिबारे पनि बोलेका छन् ।

उनलाई विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार भएको थुनछेक बहसपछि नेपाललाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ०८ बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन