कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि… « Khabarhub

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि…


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत बिरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए ।  

‘कामीको जिल्ला अस्पतालमा उपचार थालिएको छ, उनीलाई आफन्तले कुष्ठरोगी भनेता पनि कुष्ठरोग नभएको पुष्टि समेत भएको छ । तर  उहाँको अन्य स्वास्थ्य परीक्षणपछि मात्र के रोग हो भन्ने पत्ता लाग्छ’, उनले भने ।

स्वास्थ्य सेवा कार्यालयले बिरामी कामीको निःशुल्क उपचार गर्ने अस्पताल प्रमुख डा तिवारीले जानकारी दिए । उनका अनुसार कामीको खुट्टा र शरीरका केही भाग नचल्दा  शारीरिक रूपले अपाङ्गता जस्ता भएका छन् । 

साथै हातखुट्टाका औँला बाङ्गो छन् भने हिँडडुल गर्न पनि कठिन छ । घरपरिवार एवं गाउँलेले अन्धविश्वासका कारण उनीलाई छाउगोठमा राखेका जनाइएको छ ।
 
छाउगोठमा बस्दा उनीले  उचित उपचार र हेरचाहको अभाव झेल्दै आएका थिए । रातदिन चिसो, भोक र वेदनाका बीच जिउन बाध्य भएका कामीलाई केही राहत भएको आफन्त जसपाल कामीले बताए । 

उनको हेरचाहका लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका थिए । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डर त्रासले छाउगोठमा राख्नुपरेको परिवारका सदस्यले बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह