ऊर्जामन्त्री भन्छन्- २१ वर्षअघि टाँगेका तारले मधेशमा बिजुलीको माग धान्दैन | Khabarhub Khabarhub

ऊर्जामन्त्री भन्छन्- २१ वर्षअघि टाँगेका तारले मधेशमा बिजुलीको माग धान्दैन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । 

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले मधेश प्रदेश वर्षा नहुँदा सिँचाइ र खानेपानीको समस्या देखिएको भन्दै जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए  । 

मधेश प्रदेशमा देखिएको चुनौतीलाई सामना गर्न थप विद्युत् आवश्यकता पर्ने भएकाले यसका लागि मन्त्रालयले आवश्यक पहल सुरु गरिसकेको उनको भनाइ छ । 

मन्त्री खड्काले २१ वर्षअघि तराई क्षेत्रका गाउँमा तानिएका विद्युतको तारले अहिलेको माग धान्न नसक्ने देखिएको जिकिर गरे । 

उनले सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र प्रयोग गरेर जनतालाई सहजता प्रदान गरिने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : २६ बजे

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय