ऊर्जामन्त्री भन्छन्- २१ वर्षअघि टाँगेका तारले मधेशमा बिजुलीको माग धान्दैन « Khabarhub

ऊर्जामन्त्री भन्छन्- २१ वर्षअघि टाँगेका तारले मधेशमा बिजुलीको माग धान्दैन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । 

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले मधेश प्रदेश वर्षा नहुँदा सिँचाइ र खानेपानीको समस्या देखिएको भन्दै जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित रहेको बताए  । 

मधेश प्रदेशमा देखिएको चुनौतीलाई सामना गर्न थप विद्युत् आवश्यकता पर्ने भएकाले यसका लागि मन्त्रालयले आवश्यक पहल सुरु गरिसकेको उनको भनाइ छ । 

मन्त्री खड्काले २१ वर्षअघि तराई क्षेत्रका गाउँमा तानिएका विद्युतको तारले अहिलेको माग धान्न नसक्ने देखिएको जिकिर गरे । 

उनले सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र प्रयोग गरेर जनतालाई सहजता प्रदान गरिने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : २६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह