कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने « Khabarhub

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने भएको छ ।

उपमहानगरले गत वर्षको एसइई परीक्षामा नतिजा खस्किएसँगै सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नेतर्फ विशेष कार्यक्रम अघि बढाउने भएको हो ।

कलैया उपमहानगरका प्रमुख विनोदप्रसाद साहले आइतबार वीरगञ्जमा कारखाना समूहले आयोजना गरेको ‘शिक्षा नीति संवाद’ कार्यक्रममा विसं २०८२ मा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध काम गरिने प्रतिबद्धता व्यक्त गरे ।  

‘कलैयामा रहेका सामुदायिक विद्यालयको नतिजा राम्रो नआएपछि दोष सबै शिक्षकलाई दिने चलन छ । नतिजा राम्रो ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक सबैको महत्त्वपूर्ण भूमिका रहन्छ’, उनले भने, ‘यस वर्षको नतिजा सुधारका लागि सुरुवाती चरणदेखि आवश्यक मेहनत गरेर शैक्षिक गुणस्तर सुधार्नेतर्फ ध्यान दिनेछौँ । यसमा सबैले सहकार्य र समन्वय गर्नु जरुरी छ ।’

प्रमुख साहले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुपस्थिति दर अत्यधिक हुने भएकाले यसलाई सरोकारवाला निकाय, शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक पहलबाट जरुरी हुनेमा जोड दिए । 

उनले भने, ‘उपमहानगरमा २० वटा माध्यमिक विद्यालयमध्ये अधिकांशमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पनि पठनपाठनमा समस्या भइरहेको छ ।’ 

उनले प्रावि दरबन्दीका शिक्षक तथा आन्तरिक स्रोतबाट शिक्षक जुटाएर माविमा अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताए । 

उपमहानगरका शिक्षा महाशाखा प्रमुख राजिवकुमार यादवले सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या हुँदै आइरहेको गुनासो गरे । उनका अनुसार उपमहानगरभित्र ७१ वटा सामुदायिक विद्यालय छन् । 

उपमहानगर शिक्षा समिति सदस्य महम्मद सगीरले यहाँका सामुदायिक विद्यालयमा गणित, विज्ञान, अङ्ग्रेजीलगायत विषयका शिक्षक नहुँदा पनि समस्या भइरहेको बताए । उपप्रमुख रोशन प्रविणले विद्यालय सुधार्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । 

कारखाना समूहका मधेश प्रदेश संयोजक निरजकुमार मिश्रले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउनका लागि स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  २ : ३६ बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२