भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो - प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान केपी शर्मा ओलीले भारतको स्वतन्त्रताका लागि नेपाली नेताले गरेको योगदानको चर्चा गरेका छन् ।

उनले भारतीय नेताहरुको कठिन समयमा नेपालले सेल्टर दिएर राखेको बताएका छन् । आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतका समाजवादीहरुको एकआपसमा भावनात्मक सम्बन्ध भएको बताएका छन् ।

‘भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा नेपालले सेल्टर दिएर लुकाएर पनि काम गरेका थिए,’ ओलीले भने, ‘जयप्रकाश नारायणजी नेपालमा भूमिगत पनि बस्नु भएको थियो । राजविराज जेलमा पनि बस्नु भएको थियो । यसै कारण नेपालका समाजवादीहरुको भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो ।’

बीपी कोइराला लगायतका नेपाली नेताहरुले भारतमा स्वतन्त्रताका लागि योगदान गरेको बताए । ओलीले भने, ‘म हाम्रो अघिल्लो पुस्तालाई धेरैधेरै धन्यवाद भन्न चाहान्छु, कृतज्ञता जाहेर गर्न चाहान्छु । जसले हामी सबैलाई सङ्‍घर्षका निम्ति बाटो देखाउनु भयो । त्यो पुस्ताको हुनुहुन्थ्यो बीपी कोइराला । उहाँ नेपालमा मात्र होइन, भारतमा ‘भारत छोडो मुभमेन्ट’ मा पर्नु भएको थियो । भारतीय जेलमा थुप्रै नेताहरु परेका थिए । बीपी कोइराला, मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायतका नेताहरु ।’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  २ : ४६ बजे

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय