प्रचारप्रसार अभावले ओझेलमा रिकुका होमस्टे « Khabarhub

प्रचारप्रसार अभावले ओझेलमा रिकुका होमस्टे


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोलखा– स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर दुई वर्ष अघि मात्रै गौरीशंकर गाउँपालिका–९ रिकु गाउँका स्थानीयले लाखौँ लगानीमा खोलिएका होमस्टेले यति बेला पाहुनालाई पर्खिरहेका छन् ।

२०८०/०८१ मा यहाँका स्थानीयले विश्व चर्चित च्छोरोल्पा हिमताल ,रोल्वालिङ उपत्यका क्षेत्रको बढ्दो पर्यटक आगमन र माथिल्लो तामाकोशी जलविद्युत आयोजना तथा अन्य हाइड्रोपावरलाई लक्षित गरेर विकट दुर्गम गाउँ रिकुमा खोलिएका आधा दर्जन बढी होमस्टे अहिले बन्द अवस्थामा छन् ।

कतिपय होमस्टे अहिले पनि निर्माणको चरणमा रहेको स्थानीयहरू बताउँछन् ।चारैतिर पहाड र झरनाले घेरिएको रिकु गाउँमा २२ घरपरिवार बसोबास गर्दै आएका छन् । यस गाउँमा मुख्यगरी दुई वटा समुदाय क्षेत्री र तामाङको बसोबास रहेको छ ।

हालसम्म सडक सञ्जालले छुन नसकेको रिकु देशकै ठुलो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम्म साइट गोगंर देखी भीर फोरेर निर्माण हुँदै गरेको करिब साढे दुई किलोमिटर पैदल मार्ग हुँदै सो गाउँमा पुग्न सकिन्छ ।

यता जिल्लाकै चर्चित झरना छ्योतछ्योतदेखि उकालो तथा च्छोरोल्पा पदमार्ग हुँदै पनि रिकु पुग्न सकिन्छ । कहिलेकाहीँ सो रूढ हुँदै च्छोरोल्पा चढ्ने फाट्टफुट्ट पर्यटक आए पनि हालसम्म रिकु नै बास बस्ने पैदलयात्री गाउँ नछिरेको स्थानीय बाबुराम खड्काले बताए ।

उनले होमस्टे निर्माणको लागि छ्योतछ्योत देखि प्रति केजी २५ रुपैयाँ तिरेर होमस्टेको निर्माण सामग्री भरिया मार्फत बोकाएर होमस्टे निर्माण गरे पनि हालसम्म प्रचारप्रसार अभाव र गोगंंर रिकु पद मार्ग निर्माण सम्पन्न नभएको कारण पनि होमस्टे खालि रहेको बताए ।

रिकुमा अहिले सुविधा युक्त ५ वटा होमस्टे छन् भने,दुई वटा होमस्टे निर्माणको चरणमा रहेको खड्काले सुनाए ।
होमस्टेका लागि आवश्यक पर्ने आधारभूत आवश्यकता बोकेरै गाउँसम्म ल्याइयो गाउँमा करोडौँ लगानी गर्ने आयोजना भित्रिएपछि स्थानीय युवा झन् होमस्टे स्थापना गर्न हौसिएका थिए । 

तर आयोजनाको कामले गति लिँदै अघि बढिरहेको छ।मुख्य पर्यटनकै लागि निर्माण हुँदै गरेको पदमार्गको काम पनि करिब अन्तिम चरणमा पुग्यो तर माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नजिक र च्छोरोल्पा ओहोरदोहोरहुने बाटोको गाउँ हुँदा पनि होमस्टेले राम्रोसँग पाहुनाको स्वागत गर्न नपाएको स्थानीय होम बहादुर खड्काले बताए ।

विकट र दुर्गम गाउँमा होमस्टे सञ्चालनमा आए पनि प्रचारप्रसार हुन नसक्दा अहिलेसम्म ओझेलमा परेको छ । तामाङ र क्षेत्री समुदायको बसोबास रहेको रिकुमा ५ घरले पाहुना राख्न सक्ने गरी व्यवस्थापन गरेका छन् ।

होमस्टेमा आउने आगन्तुकहरूलाई सांस्कृतिक प्रस्तुति, स्थानीय लोकल परिकार तथा आसपासको रमणीय दृश्य अवलोकन गर्न सहज छ ।

तर, गौरीशंकर गाउँपालिका वडा नम्बर–९ रिकुमा पनि होमस्टे छ है भनेर चाहिने जति प्रचारप्रसार हुन नसक्दा स्थापना भएको दुई वर्ष बितिसक्दासमेत सोचेजस्तो गरी होमस्टे चल्न नसकेको खड्काले बताए ।

होमस्टेलाई नियमित पर्यटक तथा पैदल यात्री आउने वातावरण बनाउन यहाँको स्थानीय सरकारसँगै सञ्चारकर्मीहरुको सहयोग आवश्यक रहेको स्थानीय भीमबहादुर खड्काले बताए । सुबाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : ०४ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको