१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएको छ : मन्त्री दाहाल « Khabarhub

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएको छ : मन्त्री दाहाल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वतन देखिएको बताएका छन् । 

सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आइतबार ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रूपमा सकारात्मक परिवर्तन देखिएको बताए  ।

मन्त्री दाहालले भने, ‘सबैले खाना पाउनु, सबैले लगाउन पाउनुपर्ने समाजको परिकल्पना गरिएको हो । त्यसअनुरूप अहिले देशको विभिन्न भागमा पूर्वाधार विकास भइरहेको छ । पहिला बाटो नपुगेका ठाउँमा अहिले बाटो पुगेको छ, पुलहरू बनिरहेका छन् । विकासका दृश्यहरू बिस्तारै देखिँदै छन् ।’

सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रलाई धन्यवाद दिँदै मन्त्री दाहालले लामो समयदेखि शिक्षण पेसा तथा अक्षलोक साहित्यिक पत्रिका प्रकाशनमार्फत समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सिद्धिश्रमान श्रेष्ठको स्मृतिमा आयोजना गरिएको सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रम अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

उनले भने, ‘प्रगतिवादी साहित्यमा सधैँ रुचि राख्ने र सामाजिक रूपान्तरणमा सिद्धिश्रमानको महत्त्वपूर्ण भूमिकाप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । उहाँको स्मृतिमा प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्ने कार्य अत्यन्त सान्दर्भिक छ । यस कार्यलाई अझ निरन्तरता दिइनेछ भन्ने विश्वास छ ।’

कार्यक्रममा सिद्धिश्रमान अक्षलोक साहित्यिक पत्रिकाको पूर्णाङ्क ६८औँ लोकार्पण गरिएको थियो । साथै, साहित्यकार सिद्धिश्रमानको सम्झनामा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सिद्धिश्रमान–चन्द्र विष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार बेल्जियमका नागरिक ई–रोजर दग्रुनलाई प्रदान गरिएको छ भने सिद्धिश्रमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा डा भानु चन्द्र बज्राचार्यलाई प्रदान गरिएको छ । 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : २८ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू