शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल « Khabarhub

शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग छलफल गरेको छ ।  

सिंहदरबारमा आइतबार बसेको बैठकमा विज्ञहरूले विधेयकका रहेको केही व्यवस्थालाई सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए । 

बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार तारानाथ दाहाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका विज्ञ लगायतले मिडिया काउन्सिल विधेयकको उद्देश्य पत्रकारिताको क्षेत्रमा आउन सक्ने विविध विषयलाई नियमन गर्ने विधेयक भएकाले मिडिया काउन्सिललाई स्वायत्त हुने गरी कानुन बनाउनुपर्ने सुझाव दिए । 

त्यस्तै मिडिया काउन्सिलमा स्वतन्त्र नियुक्ति, संसद्को प्रतिनिधित्व अनिवार्य रूपमा रहने प्रावधान रहने समेत सुझाव उनीहरूले दिएका छन् । 

साथै उनीहरूले विधेयकले छापा माध्यमलाई जत्ति नै प्रसारण माध्यमलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । समितिले सोमबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने जनाएको छ ।

पत्रकारिता क्षेत्रमा पेशागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्धन गरी स्वच्छ,  स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनका लागि सरकारले उक्त विधेयक ल्याएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ४० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह