‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने | Khabarhub Khabarhub

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ चुरे तथा वन–जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गर्ने निर्णय गरेको छ ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार वातावरण अधिकारका क्षेत्रमा क्रियाशील यादवलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारका लागि सार्वजनिक रूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कार छनोटका लागि इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गङ्गा कसजु सदस्य रहेको समिति गठन गरिएको थियो । सोही समितिले यादवलाई छनोट गरेको हो । 

बाराको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन् । 

चुरे क्षेत्रको दोहनका कारण मधेश प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउन उनले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आएका छन् ।

यही साउन १६ गते काठमाडौंमा आयोजना हुने ३३औँ प्रकाश स्मृति दिवसका अवसरमा यादवलाई नगद ५० हजारसहित सम्मान पत्र र इन्सेकको प्रतीक चिह्न प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ३४ बजे

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक : मन्त्री गुरुङ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएका

रास्वपाले भन्यो- संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् ।

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत