सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन « Khabarhub

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त मधेश प्रदेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सरकारले मधेश प्रदेशलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै आज मन्त्रालयमा बसेको आपत्कालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले ढिलो नगरी तत्काल राहतको उपाय अवलम्बन गर्न निर्देशन दिएका हुन् ।

उनले मधेश प्रदेशका आठ जिल्लामा अहिले खानेपानी र सिँचाइको समस्या भएकाले तत्काल उक्त समस्या समाधान गर्न कार्ययोजना बनाएर १५ दिनभित्र समस्या समाधान गर्नुपर्ने बताए ।

“कागजी प्रक्रिया, ‘टेन्डर’ झन्झट, खरिद प्रणालीको जटिलता र कानुनी विकल्प प्रयोग गरेर जनतालाई तत्काल राहत दिनुहोस्,” मन्त्री खड्काले भने । सिँचाइका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्नुपर्ने उनले बताए ।

ढिलो रोपाइँ गर्नु परे पनि कम पानीमा उच्च उत्पादन दिन सक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणको प्रयोगलाई प्रोत्साहन दिनुपर्ने उनको भनाइ थियो । सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र र साधन प्रयोग गरेर जनतालाई सहजता दिनुपर्ने मन्त्री खड्काले बताए ।

बैठकमा मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १० : ०५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह