प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल « Khabarhub

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रबाट सुरु हुने प्रवेशविन्दुमा देखिएका समस्या समाधानका लागि पहल थालेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले आयोजनाको सुरुवात खोकनाको फुडोलबाट गर्ने विषयमा उठेको विवाद समाधानका लागि हालसम्म गरिएका अध्ययन, विकल्प र सुझावहरूबारे विस्तृत ब्रिफिङ लिएका हुन्।

खोकना नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्र भएकाले त्यहाँ आयोजना अगाडि बढाउँदा स्थानीय जनसमुदायको भावना र मागलाई सम्बोधन गर्नुपर्नेमा छलफल केन्द्रित भएको थियो।

छलफलपछि प्रधानमन्त्री ओलीले आयोजनालाई अनिश्चिततामा नराखी स्थानीयबासीका चासोलाई सम्मान गर्दै यथासिघ्र समाधान निकाल्न र दू्रतमार्गको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा। युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, र दुबै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।

सरकारले राष्ट्रिय गौरवको आयोजना मानिएको दू्रतमार्ग निर्माण कार्यलाई राजनीतिक र प्रशासनिक सहकार्यमा अघि बढाउने स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : ०४ बजे

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको 

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख