भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै « Khabarhub

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ। प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने छन्।

प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्या २०० पार गरेको छ। रोयल एयरपोर्ट होटेल, काठमाडौँमा आयोजना हुने १९०० भन्दा कम रेटिङको सो प्रतियोगितामा नेपाल र भारतका समेत गरी २०० जना खेलाडीको सहभागी हुने निश्चित भइसकेको छ।

प्रतियोगितामा नेपालको ७ प्रदेशका खेलाडीको सहभागिता रहने आयोजक संस्था अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष दिपेन राईले जानकारी दिए।

प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको गरेर दुई लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ।

बुधवार र बिहीबार हुने सो रेपिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुनेछ।

प्रतियोगिताको आयोजक अखिल नेपाल बुद्धिचाल संघले नेपालमा गरेका हरेक प्रतियोगिता व्यवस्थित हुने गरेका छन्। आधा दशक अघिदेखि यो सङ्घको देश भरी नै सक्रियता रहेको छ। प्रतियोगिता आयोजना मात्र नभएर चेसकर्मीको सम्मान र व्यक्तित्व विकासमा समेत यो सङ्घ अग्रणी रहेको छ।

गत वर्ष निधन भएका भक्त राना पूर्व माओवादी लडाकु हुन्। उनी समकालीन माओवादी कार्यकर्ताका माझ भद्र र इमानदार छवि बनाउन सफल भएका थिए।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : ०३ बजे

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका