स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सम्पन्न « Khabarhub

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सम्पन्न


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस- अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले ठूलो क्षमताको ‘स्टारशिप’ रकेटको दशौं परीक्षण उडान सपलतापुर्वक सम्पन्न गरेको जानकारी दिएको छ ।

‘स्पेसएक्स’ अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी हो,जसले विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक पुनः प्रयोगयोग्य रकेट र अन्तरिक्ष यान विकास गर्ने काम गरिरहेको छ । यो कम्पनीले अन्तरिक्ष यातायातको लागत घटाउन र मानिसहरूलाई मंगल ग्रहसम्म लैजान चाहन्छ । स्पेसएक्सले व्यावसायिक र सरकारी मिसनहरू सञ्चालन गर्दै अन्तरिक्ष प्रविधिमा क्रान्ति ल्याइरहेको छ र यसको स्टारशिप रकेटले भविष्यका अन्तरिक्ष यात्रा र उपग्रह प्रक्षेपणमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उक्त रकेट कम्पनीको टेक्सासस्थित स्टारबेस प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार साँझ करिब ६ः३० बजे प्रक्षेपण गरिएको थियो । मौसम र प्रविधिसम्बन्धी केही अवरोधका कारण दुई दिन ढिलो भएको यो उडान अन्ततः सुरक्षित र सफल भएको हो ।

प्रक्षेपणपछि, ‘सुपर हेभी’ बूस्टरले नियन्त्रित रूपमा मेक्सिको उपसागरमा अवतरण प्रक्रिया सुरु गर्‍यो । यस क्रममा बूस्टरले ‘बुस्टब्याक बर्न’ प्रविधिको प्रयोग गर्दै आफ्नो मार्ग परिवर्तन गरेको थियो ।

यसैबीच, रकेटको माथिल्लो चरण अर्थात् ‘स्टारशिप’ ले पनि ‘र्‍याप्टर’ इञ्जिनको सहायताले स्वतन्त्ररूपमा उडान जारी राख्दै ‘हट–स्टेजिङ’ प्रविधिबाट सफल पृथक्करण सम्पन्न गर्‍यो ।

स्पेसएक्सले पुष्टि गरेअनुसार, बूस्टरले लक्षित समुद्री क्षेत्रमा सुरक्षित अवतरण (स्प्ल्याशडाउन) गरेको छ । माथिल्लो चरणले पनि आफ्नो यात्रा पूरा गर्दै निर्धारित कक्षीय मार्गमा प्रवेश गरेको थियो ।

उडानको करिब १८ औँ मिनेटमा, कम्पनीले पहिलोपटक ‘स्टारशिप’ मार्फत पेलोड प्रक्षेपण क्षमताको परीक्षण ग¥यो । यस क्रममा ‘स्टारलिंक’ सिमुलेटर उपग्रहहरू प्रक्षेपण गरिएका थिए, जुन उपकक्षीय मार्गमा रहेका कारण पुनः पृथ्वीमा प्रवेश गर्दा वायुमण्डलमै नष्ट हुने अनुमान गरिएको छ । 

यसपछि, ‘स्टारशिप’ ले आफ्नो एक इञ्जिन पुनः प्रज्वलन गरी नियन्त्रणसहित पुनःप्रवेश प्रक्रिया सुरु गर्‍यो । सम्पूर्ण उडान करिब एक घण्टा लामो रह्यो, जसको अन्त्यमा उक्त रकेट भारतीय महासागरमा सफलतापूर्वक अवतरण गर्‍यो ।

स्पेसएक्सले जानकारी दिएको अनुसार, यो परीक्षण उडानका उद्देश्यहरू अघिल्ला मिसनहरूजस्तै रहेको जनाएको छ । रासस

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ३९ बजे

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा