आजका समाचार : ओलीविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात, रविको मुद्दामा उच्चले झिकायो कैफियत प्रतिवेदन र ऊर्जा प्रविधिमा चीन विश्वकै अग्रस्थानमा | Khabarhub Khabarhub

आजका समाचार : ओलीविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात, रविको मुद्दामा उच्चले झिकायो कैफियत प्रतिवेदन र ऊर्जा प्रविधिमा चीन विश्वकै अग्रस्थानमा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन उनी भ्रमणमा जान लागेका हुन् । उनले चीनमा आयोजना हुने साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन–२०२५ मा सहभागिता जनाउने छन् ।

त्यसैगरी जापानी आक्रमणविरुद्धको चिनियाँ जित र विश्‍वव्यापी फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवमा पनि ओली सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि जाँदैछिन्।

प्रधानमन्त्री ओलीले आगामी भदौ १६ गतेदेखि तिआन्जिनमा आयोजना हुने एससीओ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । त्यही क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ।

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

प्रधानमन्त्री ओलीविरुद्धको रिटमा कागजात झिकाउन सर्वोच्चको आदेश

एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ 

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

प्रचण्डले भने-लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रै सम्भव भएको हो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्य स् रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उनले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।

अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए ।

‘हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,’उनले भने । कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि उनले स्मरण गरे ।

कोरियाबाट प्रविधि हस्तान्तरणसहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल

वर्षमानको दाबी- माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको हो

ऊर्जामन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा ल्याउन मन्त्री खड्काको निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले लिइन् शपथ

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन
उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ ।

रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।

निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन् ।बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।

शिक्षक महासंघद्वारा कांग्रेसको पार्टी कार्यालयमा धर्ना

सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद 

चेसका गोटी चाल्दै प्रचण्ड

काठमाडौंमा सुरु भयो भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबीच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा इजरायलसँग सहकार्य हुँदै आएको बताउँदै नेपाली मुख्यतया कृषि र ‘केयर गिभर’ (हेरचाहकर्ता) का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । इजरायलको आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उनले कोशी प्रदेश कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सहकार्यको लागि तयार रहेको बताए।

दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन 

सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि : सरकारले तीन प्रतिशत ब्याजमा अनुदान दिने

विराट शिक्षण अस्पतालमा सेवा विस्तार

वर्षाले सृजनानगरमा यात्रुवाहक बस फसेपछि….

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

शिक्षक महासंघद्वारा कांग्रेसको पार्टी कार्यालयमा धर्ना
नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत रहेको महासंघले जनाएको छ ।

त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन

रास्वपा सांसदले बुझाइन् ‘भिजिट भिसा प्रकरण’मा संलग्न र आरोपित आफ्नै पार्टीका नेताविरुद्धको प्रतिवेदन

उखु किसानको आन्दोलनमा नेताहरूको ओइरो, समस्या जस्ताको तस्तै (तस्बिरहरू)

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

अखाद्य पदार्थ भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकलाई कारबाही, २ लाख जरिवाना

सयपत्रीको मालाले सजिएका गणेशलाई लड्डुको भोग (तस्बिरहरू)

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्वस्तरमै अग्रस्थान हासिल गरेको छ। हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगत अधिकारमध्ये ४० प्रतिशतभन्दा बढी अधिकार प्राप्त गरेको चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले जानकारी दिएका छन्।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चौधौँ पञ्चवर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको छ।’

सौर्य ऊर्जाको रूपान्तरण दक्षता (घामबाट विद्युत् उत्पादन गर्ने क्षमता) मा चीनले उल्लेखनीय सुधार गर्दै उच्च स्तरको प्रविधि विकास गरेको छ। त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका पङ्खा प्रणाली ९टरबाइन० निर्माणमा पनि चीनले अग्रता लिएको छ।

डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने

भारतीय सामानमा दोब्बर अमेरिकी कर, पुग्यो ५० प्रतिशत

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सम्पन्न

जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन

अष्ट्रेलियामा वार्षिक मूल्यवृद्धि १२ महिनाकै उच्च बिन्दुमा

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

अमेरिकी कार्यस्थलमा युवा कामदारहरू एआई प्रतिस्थापनको जोखिममा






































प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : ५२ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ