आजका समाचार : गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले डराउँदैनौँ, मनाइयो विश्व पर्यटन दिवस र  इजरायलले हमासविरुद्ध युद्ध जारी राख्ने  | Khabarhub Khabarhub

आजका समाचार : गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले डराउँदैनौँ, मनाइयो विश्व पर्यटन दिवस र  इजरायलले हमासविरुद्ध युद्ध जारी राख्ने 


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

प्रदर्शनका घाइतेको उपचार ‘जेन-जी क्लिनिक’ मा गरिने

सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेन(जी क्लिनिक’ सञ्चालन गर्ने भएको छ ।

प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

फाइल फोटो

मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ । घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

घाइतेको पहिचान एवम् सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि यही असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, घाइतेको उपचारमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्ने जनाइएको छ ।

‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

पूर्व पदाधिकारीको सुविधाबारे नियमित अनुगमन गर्दै अर्थमन्त्रालय

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको मतबाट आएको सरकार नभएको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई आफूले बोलेका कुरा र गरेका काम बाहिर जनताको सामु ल्याउन चुनौती दिए।

‘मैले भनेका कुराहरू सो सरकारले हिम्मतका साथ जनतामा पुर्‍याओस्, बाहिर ल्याओस्’, उनले भने। उनले आफूले कहिल्यै छलछाम र षड्यन्त्र गरेको बताए।

जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै राप्रपाका युवाले गरे मौन प्रदर्शन

आइतबार एमाले सचिवालय बैठक बस्दै

भ्रष्टचार नियन्त्रणका लागि एमालेले गरेका निर्णय बाहिर ल्याउन सरकारलाई ओलीको चुनौति 

गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ 

अलपत्र परेका सडक र पुलका २३४ ठेक्का तोडिँदै

सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज सम्बद्ध अधिकारीसँग छलफलपछि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौँका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् ।

आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार कर्मचारीलाई पनि छानबिन गर्न समिति बनाइने जनाइएको छ ।

जेन-जी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको आर्थिक सहयोग

पचली भैरव जात्रामा दर्शन गर्ने भक्तजनको घुइँचो

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

मेची नदीमा निर्मित झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

मुस्ताङमा विश्व पर्यटन दिवस : पर्यटकलाई खादा र फूल उपहार

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

आज जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका(३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आउने विदेशी यात्रुलाई बाजागाजासहित स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिए । एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको समन्वय तथा सहकार्यमा पर्यटन दिवस मनाइएको उनले बताए।

पर्यटन दिवसका अवसरमा इन्द्रबक्स गणका कलाकारले बाजागाजासहित हवाईमार्गबाट जोमसोम आइपुगेका पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले उल्लेख गरे । हवाई यात्रुलाई यहाँस्थित पुथाङ आमा समूह, जोमसोम महिला समूहका पदाधिकारी, सदस्यलगायतले खादा र फूल अर्पण गरी स्वागत गरेका हुन् ।

गोंगबु बसपार्कमा गाउँ फर्कनेहरूको भीड (तस्बिरहरू) 

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

नवरात्र : शक्तिपीठमा भक्तजनको भीड

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द

विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

खोकना बासीले मनाए सिकाली जात्रा (तस्बिरहरू)

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

नेतान्याहुको संयुक्त राष्ट्र सम्बोधन : अन्तर्राष्ट्रिय दबाब अस्वीकार, हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा
संयुक्त राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गरेका छन् ।

बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबीच उनले भने, ‘पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।’

उनको सम्बोधन सुरु हुनुअघि नै धेरै मुलुकका प्रतिनिधिहरू महासभा हलबाट सामूहिक रूपमा बाहिरिएका थिए । नेतान्याहुले आफ्ना शब्दहरू घरभित्र विभाजित इजरायली जनतालाई पनि लक्षित गरेका थिए । उनले हालै प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘यहुदीहरू र निर्दोष जनताविरुद्ध आतङ्कलाई प्रोत्साहन गर्ने कदम’ भन्दै खारेज गरे।

डेनमार्कमा सैन्य पूर्वाधार नजिक रहस्यमय ड्रोन देखिए, सुरक्षा व्यवस्था कडा

रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापित : संयुक्त राष्ट्रसङ्घ

पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

चीनमा सुरुङ भत्किँदा तीन मजदुरको मृत्यु, अनुसन्धान जारी






















प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ५७ बजे

मनसुनी वायुको प्रभाव कायमै, दसैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

वेस्ट इन्डिजविरुद्ध नेपालका दुवै ओपनर आउट

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा