चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु « Khabarhub

चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

युन्नान- चीनको दक्षिण–पूर्वस्थित युन्नान राज्यमा मर्मतमा खटिएका कामदारलाई रेलले ठक्कर दिँदा ११ जनाको मृत्यु भएको छ । यो घटनामा २ जना घाइते भएका छन्।

समाचारअनुसार भूकम्प मापन उपकरणसँगसम्बन्धी परीक्षण गरिरहेको रेलले बिहीबार बिहान युन्नान प्रान्तको राजधानी कुनमिङस्थित लोयोयाङझेन स्टेशनका कामदारलाई ठक्कर दिएको थियो। रेल ट्र्याकको मोडिएको भागबाट गुज्रँदै गर्दा दुर्घटना भएको सिन्ह्वा समाचार एजेन्सीले बताएको छ।

‘दुर्घटनापछि रेल प्रशासनले तुरुन्तै आपतकालीन योजना सक्रिय गर्‍यो र स्थानीय सरकारसँग समन्वय गर्दै उद्धार तथा घाइतेको उपचार सुरु गरियो,’ सिन्ह्वाले भनेको छ।

एजेन्सीका अनुसार दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान सुरु भइसकेको छ। दुर्घटनापछि लोयोयाङझेन स्टेशनमा रेल सञ्चालन सामान्य अवस्थामा फर्किसकेको छ । घाइतेको उपचार पनि भइरहेको राज्य–माध्यमले जनाएका छन्।

चीनमा संसारकै ठूलो रेल सञ्जाल छ । चीनले पछिल्ला वर्षहरूमा केही घातक रेल दुर्घटनाको सामना गरिरहेको छ । यद्यपि पछिल्लो दशकहरूमा यस्ता घटनामा उल्लेखनीय कमी आएको छ।

सन् २०२२ मा गुइजो प्रान्तको रोङजियाङ काउन्टी नजिक भूस्खलनको अवशेषमा ठोक्किँदा रेल पटरीबाट खसेको थियो, जसमा एक कन्डक्टरको मृत्यु हुँदा ८ जना घाइते भए।

सन् २०२० मा हुनान प्रान्तको चेन्जोउमा रेल पटरीबाट खस्दा एक जनाको मृत्यु भयो, १२७ जना घाइते भए।

चीनमा ठूलो संख्यामा मृत्यु भएको पछिल्लो ठूलो रेल दुर्घटना सन् २०११ मा वेन्जोउ, झेजियाङ प्रान्तमा थियो । जहाँ तीव्रगतिको रेल स्थिर लोकोमोटिभसँग ठोक्किँदा ४० जनाको मृत्यु भयो । करिब २०० जना घाइते भए।

यसअघि सन् २००८ मा शानडोङ प्रान्तको जिबो नजिक दुई यात्रुवाहक रेल ठोक्किँदा ६६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : ४३ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,