आर्थिक सहकार्य अभिवृद्धि गर्न भारत र अफगानिस्तान सहमत « Khabarhub

आर्थिक सहकार्य अभिवृद्धि गर्न भारत र अफगानिस्तान सहमत


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक सहकार्य अभिवृद्धि गर्न भारत र अफगानिस्तान सहमत भएका छन् । अफगानिस्तानका उद्योग तथा वाणिज्यमन्त्री अलहज नुरुद्दिन अजिजीसँग भेटवार्ता गर्दै भारतका युनियनमन्त्री पियूष गोयलले यस्तो सहमति जनाएका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच आर्थिक सहकार्य र द्विपक्षीय व्यापारलाई अझ सुदृढ बनाउने विषयमा सहमति भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाँचदिने भ्रमणका क्रममा अफगान मन्त्री अजिजी भारत पुगेका हुन् ।

यसअघि उनले एशोसिएटेड चेम्बर्स अफ कर्मर्स एण्ड इन्डस्ट्रिज अफ इण्डियाका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताका क्रममा पनि मन्त्री अजिजीले द्विपक्षीय आर्थिक सहकार्य र ऐतिहासिक रुपमा रहेको भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने बताएका थिए ।
भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा पनि उनले आफ्नो मुलुकले नयाँ व्यापार मार्गको विकास र भारतसँगको आर्थिक सहकार्यलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भारत भ्रमण गर्न पाउँदा आफू एकदमै उत्साहित भएको र भारतसँग नजिक रहेर काम गर्न तयार रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : ३१ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको