चिनियाँ प्रतिनिधिको भ्रमणका बेला मोबाइल, ल्यापटप र इन्टरनेट बन्द गर्न अस्ट्रेलियाका सांसदलाई आग्रह « Khabarhub

चिनियाँ प्रतिनिधिको भ्रमणका बेला मोबाइल, ल्यापटप र इन्टरनेट बन्द गर्न अस्ट्रेलियाका सांसदलाई आग्रह


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ प्रतिनिधिको भ्रमणका बेला आफ्नो मोबाइल फोन, ल्यापटप र इन्टरनेट बन्द गर्न अस्ट्रेलियाको संघीय संसदका सदस्यहरुलाई आग्रह गरिएको छ । संसदको प्रशासन शाखाले यस्तो आग्रह गरेको हो ।

अस्ट्रेलियाको संसदीय सेवा विभागले संसद सदस्यहरुलाई इमेल पठाउँदै यस्तो आग्रह गरेको हो । उक्त विभाग संसदीय मामिला हेर्ने अस्ट्रेलिया सरकारको एकाइ हो ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसको प्रमुख झाओ लेजीको अस्ट्रेलिया भ्रमणका क्रममा यस्तो आग्रह जारी गरिएको हो । ल्यापटप, मोबाइल फोन र इन्टरनेट बन्द गर्नका लागि गरिएको आग्रहलाई अस्ट्रेलियाकी साइबर सुरक्षा मामिलाबारे छायाँमन्त्री क्लेरी चान्डलरले ‘अत्यन्त चिन्ताजनक’ रहेको टिप्पणी गरेकी छिन् ।

उनले संसदले जारी गरेको यस्तो आग्रहले संवेदनशील डेटाको सुरक्षामा जोखिम उत्पन्न गरेको पनि बताएकी छिन् । संसद भ्रमणका क्रममा झाओ लेजीले विभिन्न किसिमका भेटवार्ता र रात्रिभोजमा सरिक भएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ८ : ०० बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले