एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात « Khabarhub

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा रुकुमले बुढानिलकण्ठलाई २५–१९, २५–२१,२५–२१ ले पराजित गर्यो ।

त्यसैगरि पुरुषतर्फ शनिबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–२३, २७–२५, २७–२५ ले कोशीलाई पराजित गरेको हो ।

त्यस्तै शनिबार नै भएको महिलातर्फको खेलमा एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा एपिएफ २५–४,२५–५,२५–४ ले विजयी भएको हो ।

त्यस्तै शनिबार भएको महिलातर्फको अर्को खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्लबले चुली युवा क्लबलाई ३–० को‌ सोझो सेटमा पराजित गर्यो । खेलमा न्यु डायमण्ड २५–१०,२५–५,२५–१५ ले विजयी भयो ।च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : २५ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस