आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक « Khabarhub

आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको छ।

जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो। गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो।

शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए। राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १/१ विकेट लिए।

राजस्थान रोयल्सले १२ ओभरपछि १ विकेटको क्षतिमा १७० रन बनाइसकेको छ। टोलीबाट यशस्वी जायसवाल र नितीश राणा क्रिजमा छन्। उता १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट भए । उनलाई प्रसिद्ध कृष्णाले बोल्ड गरे।

१४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

उनले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाएका छन्। उनी सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बने। समग्रमा हेर्दा उनले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : १० बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण