आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक « Khabarhub

आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको छ।

जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो। गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो।

शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए। राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १/१ विकेट लिए।

राजस्थान रोयल्सले १२ ओभरपछि १ विकेटको क्षतिमा १७० रन बनाइसकेको छ। टोलीबाट यशस्वी जायसवाल र नितीश राणा क्रिजमा छन्। उता १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट भए । उनलाई प्रसिद्ध कृष्णाले बोल्ड गरे।

१४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

उनले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाएका छन्। उनी सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बने। समग्रमा हेर्दा उनले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : १० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार