पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु « Khabarhub

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको एक आत्मघाती आक्रमणमा परी १६ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

तीस जना भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा सर्वसाधारण, प्रहरी कर्मचारी र बालबालिकासमेत रहेका छन् ।

स्थानीय प्रशासनका एक अधिकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको सवारी साधन एक सैनिक गाडीको समूहमा ठोक्किएको थियो। प्रारम्भमा १३ जनाको मृत्यु भएको बताइएको भए पनि पछिल्लो विवरणअनुसार १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

विस्फोटको कारणले नजिकका दुईवटा घरका छाना भत्किँदा छ जना बालबालिका घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर समूह अन्तर्गतको आत्मघाती हमला समूहले लिएको बताइएको छ, जुन पाकिस्तानमा क्रियाशील एक सशस्त्र संगठन हो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवान पुनः सत्तामा पुगेपछि पाकिस्तानका सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाहरूमा तीव्र वृद्धि भएको छ। पाकिस्तानले यस्ता आक्रमणहरूका लागि अफगान भूमि प्रयोग भएको आरोप लगाउँदै आएको छ, यद्यपि अफगान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

एएफपीको संकलन अनुसार, सालको सुरुदेखि अहिलेसम्म खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका विभिन्न हिंसात्मक घटनामा झण्डै २९० जनाले ज्यान गुमाइसकेका छन्, जसमा अधिकांश सुरक्षाकर्मी रहेका छन् ।
 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : १३ बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा