सार्वजनिक लेखासहित पाँचवटा समितिको बैठक बस्दै « Khabarhub

सार्वजनिक लेखासहित पाँचवटा समितिको बैठक बस्दै


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र कानून, न्याय तथा मानवअधिकार समितिका बैठक बस्न लागेका हुन् ।

सबै समितिका बैठक बिहान १० देखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित आआफ्नै सभा कक्षमा बस्नेछन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गर्ने तयारी छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मानवअधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व.२०८२/०८३–२०८६/०८७ को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : २७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको