जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप « Khabarhub

जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ।

गत बिहीबार राति या शुक्रबार बिहान घर छाडेका उनीहरू सुनकोशी तरेर रामेछापतिर लागेको पुष्टि मोबाइल फोनको लोकेशनले गरेको हो । यद्यपि सोमबार उर्मिला हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार रेकर्डमा रहेका सबै फोन नम्बरमा सम्पर्क गर्दा स्विच अफ भनिरहेको छ। ‘वडा कार्यालयमा रेकर्ड राखिएका सबै नम्बरमा फोन गर्दा स्विच अफ भनिरहेको छ’, उनले खबरहबलाई भने, ‘हामीले प्रहरीसँगको समन्वयमा लोकेशन पत्ता लगाउँदा उनीहरू रामेछापको भूगोलमा पुगेको देखिएको छ ।’

स्थानीय उर्मिला हायुसहित उनको परिवारका १६ जना गायब भएको पुष्टि सोमबार बिहान भएको थियो । तर हायु परिवारका सदस्य बिहीबार राति या शुक्रबार बिहानबाटै गायब भएको अनुमान जनप्रतिनिधले गरेका छन् ।

गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाका अनुसार घर छाडेर गायब हुनेमा उर्मिला हायुसहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नातिनी र १ जना ज्वाइँसमेत रहेका छन् । बिहीबार घरमा बंगुर काटिएकाले छोरीज्वाइँसमेत आएको खुलेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सुरूमा १६ जना हराएको खुले पनि अहिले १८ जना एकसाथ गायब भएको पाइएको छ ।

सोमबार बिहान खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको जंगलबीचको घरमा पुग्दा कुकुर रोइहरहेको थियो । भैंसी र बाख्रासहितका चौपाया बेवारिसे थिए । आँगनमा बनाइएको भान्सा घरमा आगो लागेर जलेको थियो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार प्रहरीको सहयोगमा उनीहरूको मोबाइल फोन ट्र्याकिङ गर्दा अन्तिम लोकेशन रामेछापमा देखाएको थियो । फोनको लोकेशन रामेछापमा देखाए पनि हायु परिवारसमेत त्यहीँ पुगे नपुगेको पुष्टि भएको छैन । अहिले फोन गर्दा कसैकोमा सम्पर्क नभएको श्रेष्ठले बताए ।

हायु संघका केन्द्रीय अध्यक्ष लक्ष्मण हायुका अनुसार यो परिवारले बिहीबार मात्रै वडा कार्यालयबाट करिब एक लाख ९२ हजार रुपैयाँ भत्ता बुझेका थिए । उनीहरू लोपोन्मुख सूचीमा रहेकाले राज्यले यो सुविधा दिने गरेको छ।

अर्कातिर तीन दिनअघि मात्रै यो परिवारका राजु हायु विदेशबाट आएका थिए । उनीहरू बसोबास गर्दै आएको घर पनि अर्कैको रहेको अध्यक्ष हायुले बताए । जंगलको बीचमा रहेको घर छाडेर सामूहिक रुपमा बसाइँ सरेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । उता वडाध्यक्ष श्रेष्ठले सहकारीसहितको ऋणको तनावले गाउँ छाडेको हुन सक्ने आशंका पनि गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ३३ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको