पत्रकार महासंघ बाजुराको वीरेखोला घोषणापत्र, पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने « Khabarhub

पत्रकार महासंघ बाजुराको वीरेखोला घोषणापत्र, पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाले वीरेखोला घोषणा पत्र जारी गरेको छ । बाजुरा जिल्लाको समग्र विकास र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्घोष सहित ५ बुँदे वीरेखोला घोषणा पत्र जारी गरेको हो ।

महासंघको वीरे खोला झरना आँगनको घागर पर्यटकीय स्थलमा बसेको दोस्रो पूर्ण बैठकले वीरेखोला घोषणा पत्र जारी गरेको अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् । महासंघ शाखा बाजुराले २०७० साल देखि नै पर्यटन विकासमा विशेष सहकार्य गर्दै आएको छ ।

तत्कालीन मदनराज जैशी नेतृत्वमा रहेको बाजुरा शाखाले रारामा बैठक बसाएर पर्यटन प्रवर्द्धनको काममा सहकार्यको अभियान अघि बढाएको थियो । भने पोरखे, छेडेदह, नाटेश्वरी सहितका पर्यटकीय स्थलमा पनि बैठक आयोजना गर्ने र प्रवर्द्धनका काममा सहयोग गर्दै आएको छ । 

यो पटक पनि सुन्दर वीरेखोला झरनाको आँगन क्षेत्र रहेको घागर जंगलमा बैठक बसाएर स्थानीय तह र उद्योग वाणिज्यसँग सहकार्य गरेर जिल्लाका गन्तव्यको प्रचार प्रसार र पर्यटन प्रवर्द्धनका काममा सहकार्य गरी अघि बढ्ने निर्णय सहित घोषणा पत्र जारी गरेको हो ।

पत्रकार महासंघका सचिव प्रेम रौलेका अनुसार वीरे खोला घोषणा पत्रमा जनैपूर्णिमा विशेष बडीमालिका र बुढीनन्दा सहितका धार्मिक यात्रालाई थप प्रभावकारी बनाउन महासङ्घले बडीमालिका विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

बर्षादको समयमा हुने बाढी पहिरोको जोखिम न्यूनीकरणमा सबै सर्वसाधारण सचेत र जिम्मेवार हुनु पर्ने र सरोकारवाला निकायले विपद् पूर्वको तयारीमा रहन सबैलाई अपिल गर्ने निर्णय गरेको छ । भने पत्रकारिताको दिगो व्यवस्थापन र संस्थागत सुधारमा सबै स्थानीय तह र सरकारी कार्यालयसँग समन्वयात्मक बैठक गर्ने र पत्रकारिताको विकासमा सहकार्यको अपिल गर्ने निर्णय गरेको छ । 

बाजुराको विकास र सुशासनको अवस्था सुधारमा महासङ्घले सहकार्य गर्ने र सबै पालिकालाई पारदर्शी कामकारबाहीका लागि अनुरोध गर्दै मिडिया मैत्री मिडिया ऐन निर्माणका लागि अपिल गरेको छ । पत्रकार महासंघको संस्थागत विकासमामा सहयोग र सहकार्य जारी राख्दै विशेष गरी वीरेखोला झरना र घागर क्षेत्रमा संरचना र सुविधा जडानका लागि बडीमालिका नगरपालिकासँग अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपालका सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओलीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको बैठकमा उपाध्यक्ष संगीता तिमिल्सेनाले स्वागत सहित उद्देश्य बारे जानकारी गराएकी थिइन् । 

बैठकमा अतिथिको रूपमा सहभागी प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य वसन्त विश्वकर्मा, कानुन व्यवसायी अधिवक्ता तथा सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायत बाजुरा क्याम्पसका स्ववियु सभापति लक्ष्मण रोकाया सहित सहभागी थिए । आपसी सहकार्य र सद्भावका लागि महासङ्घले वनभोज समेत आयोजना गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ५० बजे

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई

सम्पत्ति शुद्धीकरणको इमेलले पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइँदै

सुर्खेत- पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति

राहदानी छपाइ प्रकरण : १० अर्ब १३ करोडको भ्रष्टाचार मुद्दा, सरकारी अधिकारीदेखि विदेशी कम्पनीसम्म तानिए

काठमाडौं- राहदानी विभागको इलेक्ट्रोनिक मेसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएआरटीडीएस) खरिद