सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या « Khabarhub

सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी मन्दिर जाने पुल नबन्दा समस्या भएको छ ।

काठमाडौं महानगरपालिकाले ठेक्का गरी पुनर्निर्माणका लागि भत्काइएको सात महिना बितिसक्दा पनि पुलको काम काम अघि नबढेपछि आवतजावतमा समस्या भएको हो । विश्वसम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनर्निर्माण सुरु गरेपछि पुरातत्व विभागले पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै रोकेको थियो ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले निर्माण व्यवसायीले आधुनिक निर्माण सामग्री राखेर पुल निर्माण गर्न खोजेपछि पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै पुनर्निर्माण रोकिएको बताए ।

त्यसयता काम हुनसकेको छैन । सात महिनादेखि पुल नबन्दा विशेषगरी पशुपति क्षेत्र आउने भक्तजनलाई समस्या भएको छ ।

विगतमा भएको पुलबाट मोटरसाइकल ट्याक्सीलगायत साना सवारी आवतजावत गर्न सजिलो भए पनि सात महिनादेखि त्यो पनि ठप्प छ । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीकी स्वस्तिका सिम्खडाले पुल नबन्दा भक्तजनलाई धेरै अप्ठ्यारो भएको गुनासो गरे ।

“मानिस आवतजावत गर्न फलामको पाता राखिए पनि सुरक्षित छैन । वाग्मतीतिर बार लगाइएको छैन । जसका कारण बाल, वृद्ध र अशक्त अवस्थाका भक्तजनलाई समस्या परेको छ”, उनले भने ,“निर्माण सामग्री थुपारेका कारण गौरीघाटतिर पानी जमेको छ । जसका कारण पैदलयात्रुले सास्ती खेप्नुपर्छ ।”

गुह्येश्वरीमा बसेर धार्मिक अभियान चलाउँदै आएका धर्मराज बराल विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको एउटा पुल सात महिनादेखि निर्माण नहुँदा धार्मिक उद्देश्य राखेर नेपाल आउने विदेशी पर्यटकलाई निरुत्साहित गर्न खोजिएको बताउँछन् । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले सरोकार भएका निकायले बेलैमा समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।

“साउन महिनामा पशुपति क्षेत्रमा देश विदेशबाट धेरै भक्तजन आउने गर्छन् । पशुपति क्षेत्रमा महिनाको पनि सोमबार र शनिबार भीड लाग्ने गरेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको यो अवस्था हुनु राम्रो होइन”, बरालले भने ।

पुरानो पुल भत्काउँदा निकालिएका पुराना इँटाको संरक्षण नहुँदा चोरी हुने समस्या बढेको स्थानीयको गुनासो छ । सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँटा भेटिए पनि हाल त्यहाँ नभेटिएका स्थानीय अर्जुन लामिछाने बताउँछन् । ऐतिहासिक एवं पुरातात्विक महत्त्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : १६ बजे

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई

सम्पत्ति शुद्धीकरणको इमेलले पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइँदै

सुर्खेत- पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति

राहदानी छपाइ प्रकरण : १० अर्ब १३ करोडको भ्रष्टाचार मुद्दा, सरकारी अधिकारीदेखि विदेशी कम्पनीसम्म तानिए

काठमाडौं- राहदानी विभागको इलेक्ट्रोनिक मेसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएआरटीडीएस) खरिद