वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति « Khabarhub

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न नपाउने आदेश दिएको छ।

नेपालले राजनीतिक कारणले देशभर कार्यक्रममा जानु पर्ने जनाउँदै अदालतमा वारेस नियुक्तिको अनुमति माग गरेका थिए। तर विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले सोमबार उक्त माग अस्वीकार गरेका हुन्।

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा ‘वन्दी’, मेजर थापा र अन्य १२ जना अधिवक्ताहरुले वकालत गर्दै बहस प्रस्तुत गरेका थिए। तर अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९५ को उपदफा (१) को खण्ड (क) अनुसार वारेस अनुमति नदिइने स्पष्ट पारेको छ।

नेपालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार अभियोग लगाइएको छ। सोही दफाले देखाएको अनुसार, दफा ३ को उपदफा (१) को खण्ड (झ) अन्तर्गत ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ।

अदालतले उल्लेख गरेअनुसार यो मुद्दामा नेपाललाई रु. १८ करोड ५८ लाख ५० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ। यसले तीन वर्षभन्दा बढी सजायको सम्भावना हुने भएकाले वारेस राख्न मिल्दैन भन्ने निर्णय अदालतले सुनाएको हो।

सो आदेशपछि अब नेपालले मुद्दाको हरेक पेशीमा अदालतमा स्वयं उपस्थित हुनुपर्नेछ। यसअघि उनले असार ११ गते विशेष अदालतमा रु. ३५ लाख धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरेका थिए।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : २६ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि