गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही नगर्न निर्देशन दिएका छन् ।
खासगरी सरकारी संरचना तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले कानुनी दायरमा ल्याइरहेका बेला गृहमन्त्री अर्यालले ठाडो हस्तक्षेपसहित कानुनी कारबाही नगर्न निर्देशन दिएका हुन्।

प्रहरीले पछिल्लो समय जेन-जीका नाममा प्रहरी चौकी जलाउने, हतियार लुटपाट गर्ने र आगजनीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइरहेका बेला गृहमन्त्रीले हस्तक्षेप गरेर रोक्न निर्देशन दिएका हुन् ।
जेन-जीका नाममा गत भदौ २३ र २४ गते संघीय राजधानी काठमाडौंसहित देशभर हिंसात्मक प्रदर्शनका क्रममा सयौँ सरकरी कार्यालय जलाइएका थिए । अर्कातिर नेपाल प्रहरीका मात्रै तीन हजार बढी थान हतियार लुटिएको थियो ।
ओलीको डेरा गुन्डुतर्फ एमाले नेताहरू (तस्बिरहरू)
एमाले पदाधिकारीलाई युवाहरूको म्यासेज : हामीसँग सच्चिने र सक्किने दुईमात्रै विकल्प छन्
एमालेले नेतृत्वबारे निर्मम आत्मसमीक्षा गर्नुपर्छ : झपट रावल
ओली र लेखकसहित पाँच जनालाई उपत्यका छोड्न रोक, राहदानी रोक्का गर्न जाँचबुझ आयोगको निर्देशन
गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको मानवीय हताहतीलाई लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन दिएको छ ।

उक्त घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले पाँच ओली र लेखकसहित पूर्वपदाधिकारीलाई अनुसन्धान दायरामा ल्याउँदै विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
आयोगको आइतबार बसेको बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई छानबिनका लागि बोलाउन सकिने भएकाले स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन आग्रह गरेको हो।
एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब
माओवादीमा प्रचण्डको विकल्प खोज्ने कुरा गैर-मार्क्सवादी हो : देव गुरुङ
सरकारलाई जेन-जी आन्दोलनकी घाइतेको सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ
‘जेन-जी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण
धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

उनका सहयोगीहरूका अनुसार साम्पाङले नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका हुन् । उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएको सहयोगीहरूले बताएका छन् ।
मेयर साम्पाङले पनि निर्वाचन आयोगमा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ता गराएको जानकारी आइतबार दिएका छन् ।
छानबिन आयोगको बहानामा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : भीमार्जुन आचार्य
‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’
जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गरेर राहत दिने सरकारको निर्णय
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
देश छाड्न राहदानी बनाएको भन्दै देउवामाथिको टीकाटिप्पणीमा सत्यता छैन : प्रकाशशरण महत
चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह
काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उनले चाडपर्वको उमङ्ग र उत्सवको नाममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे ।
उनले भने, ‘चाडपर्व सुरु हुने बित्तिकै मादक पदार्थ सेवन गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ । तर, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भई अकाल मृत्यु हुने क्रम बढ्दो छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो । मनोरञ्जनको पर्याबाचीको रूपमा मादक पदार्थलाई लिनु कदापि उचित होइन ।’
मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन
तुरुन्तै पीपीए खुलाउनेसहित प्राधिकरणसँग इप्पानका १३ माग
दसैँअघि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सुचारु नहुने
प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न गृह सचिवको निर्देशन
चार दशकदेखि चङ्गा बेचिरहेका दीपेन्द्र (तस्बिरहरू)
काठमाडौंमा दीपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दशैंमा चङ्गा बेच्दै आएका छन्। उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ।
पहिले दशैंमा चङ्गा किन्नेको भिड हुन्थ्यो। अहिले भने चङ्गा किन्ने मानिस घटेका छन्। सामान्य चङ्गाको १०–४० रुपैयाँसम्म पर्छ। नेपालमै बनेको कागजमा तयार गरिएको दशैंको चङ्गा भने महँगो पर्छ।
लट्टाईको मूल्य सानो लट्टाई १२० रुपैयाँदेखि सुरु भई ठूलो लट्टाई १०००–१२०० रुपैयाँसम्म पर्छ। चङ्गा बनाउने काम त दसैंका लागि गरिन्छ, तर दीपेन्द्र रञ्जितकारले इन्द्रजात्रा पछि पसलमा चङ्गा बनाउने काम सुरु गर्छन्।
दशैंमा चङ्गा उडाउनु केवल खेल मात्र होइन, यसले परिवार र समुदायलाई एकत्रित गर्ने, पर्वको रमाइलो बढाउने र संस्कृति तथा परम्परा जगेर्ना गर्ने काम गर्छ। आकाशमा रंगीन चङ्गा उडाउँदा उत्सवको माहौल अझ जीवन्त हुन्छ।
दशैँको पर्याय चंगा (तस्बिरहरू)
सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने
प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न गृह सचिवको निर्देशन
धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार
‘दसैँ तिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क यातायात सेवा
बेमौसमी फूलखेती गरेर वार्षिक १५ लाख आम्दानी
घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उनी फूल, माला बिक्री गर्दै आएको बताउँछन् ।

चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए ।
‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँ’, उनले भने, ‘बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।’
पर्व बिदामा पनि मानवअधिकार आयोगका कार्यालय खुला रहने
दसैँलाई लक्षित गरी टोलमा भत्ता वितरण
सिंहदरबार पुनः निर्माणमा बागलुङ कलाकार समाजको हातेमालो
थारु समुदायको मादल बनाउने सीप ओझेलमा
नामिबियामा इटोसा पार्कको आगो नियन्त्रणका लागि सैनिक परिचालित
नामिबिया सरकारले अफ्रिकाको सबैभन्दा ठूलो खेल भण्डारमध्ये एक, विशाल इटोसा राष्ट्रिय निकुञ्जमा फैलिएको भीषण आगोसँग लड्न सयौँ सैनिक खटाएको छ ।

उत्तर नामिबियामा रहेको यस पार्कमा ११४ प्रजातिका स्तनपायी प्राणीहरू पाइन्छन् । यहाँ विशेषगरी लोपोन्मुख काला गैँडाहरू बसोबास गर्छन् । साथै यो देशको प्रमुख पर्यटन आकर्षण पनि हो ।
गत सेप्टेम्बर २२ देखि सुरु भएको आगलागीले पार्कको करिब ३४ प्रतिशत भाग जलेको छ । यसले व्यापक पारिस्थितिक क्षति पुर्याएको नामिबियाको वातावरण मन्त्रालयले बताएको छ ।
नर्थ क्यारोलाइनामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते
युक्रेनसँगको द्वन्द्वबारे वार्ता गर्न तयार छौँ : रूसी विदेशमन्त्री
प्रतिक्रिया