पाकिस्तानमा ईशनिन्दाको आरोप खेपेर निर्दोष साबित भएका इसाई धर्मगुरुको मृत्यु « Khabarhub

पाकिस्तानमा ईशनिन्दाको आरोप खेपेर निर्दोष साबित भएका इसाई धर्मगुरुको मृत्यु


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा ईशनिन्दाको आरोप खेपेर निर्दोष साबित भएका इसाई धर्मगुरुको ज्यान गएको छ । पछि निर्दोष साबित भएका ती इसाई धर्मगुरुले १३ वर्ष जेल जीवन बिताएका थिए ।

यद्यपि रिहा भएको केबल दुई दिनअघि उनले ज्यान गुमाएको अधिकारवादी संस्थाहरुले जनाएका छन् । ६२ वर्षका पास्टर जफार भट्टीले पञ्जाब प्रान्तका रावलपिण्डी शहरमा जिजस वल्र्ड मिसन चर्च स्थापना गरेका थिए । गत अक्टोबर ५ मा हृदयघातका कारण उनको निधन भएको ब्रिटिश एशियन क्रिस्चियन एशोसिएशनले जनाएको छ ।

ईशनिन्दाको आरोपमा जेल जीवन बिताइरहेका उनलाई लाहोर उच्च अदालतले गत अक्टोबर २ मा निर्दोष साबित गरेको थियो । उनलाई गत २०१२ मा एक जना इस्लामिक धर्मगुरुलाई पैगम्बर मोहम्मदबारे आपत्तिजनक म्यासेज पठाएको आरोपमा पक्राउ गरिएको थियो ।

पाकिस्तानको ईशनिन्दा कानुनलाई विश्वमै कठोर मानिन्छ । हरेक वर्ष ईशनिन्दाको आरोपमा पाकिस्तानमा सयौँ पक्राउ पर्दै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ०८ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ