आशियानसँग समुद्री सम्बन्ध विस्तार गर्ने भारतको चाहना | Khabarhub Khabarhub

आशियानसँग समुद्री सम्बन्ध विस्तार गर्ने भारतको चाहना


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिणपूर्वी एशियाली मुलुकहरुसँग समुद्री सम्बन्ध थप विस्तार गर्न इच्छुक रहेको जनाएका छन् । दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियान–भारत सम्मेलनमा प्रधानमन्त्री माोदीले समुद्री सम्बन्ध विस्तार गर्न इच्छुक रहेको जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले सन् २०२६ लाई आशियान–भारत समुद्री साझेदारीको वर्षका रुपमा पनि घोषणा गरेका छन् । भारतीय समाचार संस्था ईएएनएसले जनाएअनुसार प्रधानमन्त्री मोदीले पछिल्लो समय भारत र दक्षिणपूर्वी एशियाली मुलुकहरुबीच मानवीय सहायता एवम् विपद् राहत (एचएडीआर) को क्षेत्रमा सहकार्य वृद्धि भइरहेको पनि उल्लेख गरेका छन् ।

सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले शिक्षा, पर्यटन, विज्ञान तथा प्रविधि, स्वास्थ्य, हरित ऊर्जा र साइबर सुरक्षाजस्ता क्षेत्रमा पनि द्विपक्षीय साझेदारीलाई अभिवृद्धि गर्न तत्पर रहेको उल्लेख गरे ।

आशियानलाई भारतको ‘एक्ट इस्ट’ नीतिको महत्वपूर्ण स्तम्भका रुपमा व्याख्या गर्दै प्रधानमन्त्री मोदीले आशियानलाई सहयोग गर्न आफ्नो मुलुक सदैव तत्पर रहेको पनि जनाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : २७ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७