आशियानसँग समुद्री सम्बन्ध विस्तार गर्ने भारतको चाहना « Khabarhub

आशियानसँग समुद्री सम्बन्ध विस्तार गर्ने भारतको चाहना


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिणपूर्वी एशियाली मुलुकहरुसँग समुद्री सम्बन्ध थप विस्तार गर्न इच्छुक रहेको जनाएका छन् । दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियान–भारत सम्मेलनमा प्रधानमन्त्री माोदीले समुद्री सम्बन्ध विस्तार गर्न इच्छुक रहेको जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले सन् २०२६ लाई आशियान–भारत समुद्री साझेदारीको वर्षका रुपमा पनि घोषणा गरेका छन् । भारतीय समाचार संस्था ईएएनएसले जनाएअनुसार प्रधानमन्त्री मोदीले पछिल्लो समय भारत र दक्षिणपूर्वी एशियाली मुलुकहरुबीच मानवीय सहायता एवम् विपद् राहत (एचएडीआर) को क्षेत्रमा सहकार्य वृद्धि भइरहेको पनि उल्लेख गरेका छन् ।

सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले शिक्षा, पर्यटन, विज्ञान तथा प्रविधि, स्वास्थ्य, हरित ऊर्जा र साइबर सुरक्षाजस्ता क्षेत्रमा पनि द्विपक्षीय साझेदारीलाई अभिवृद्धि गर्न तत्पर रहेको उल्लेख गरे ।

आशियानलाई भारतको ‘एक्ट इस्ट’ नीतिको महत्वपूर्ण स्तम्भका रुपमा व्याख्या गर्दै प्रधानमन्त्री मोदीले आशियानलाई सहयोग गर्न आफ्नो मुलुक सदैव तत्पर रहेको पनि जनाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : २७ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा