आजका समाचार : गिरीबन्धु-ओम्नी छानबिन गर्न एमालेको चुनौती, विप्लपले गराए दल दर्ता, हिमाली भेगमा हिमपात र चीन-आसियानबीच स्वतन्त्र व्यापार सम्झौता  | Khabarhub Khabarhub

आजका समाचार : गिरीबन्धु-ओम्नी छानबिन गर्न एमालेको चुनौती, विप्लपले गराए दल दर्ता, हिमाली भेगमा हिमपात र चीन-आसियानबीच स्वतन्त्र व्यापार सम्झौता 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ईःईः को विश्लेषण : गृहमन्त्री अर्याललाई हटाउने बालेनको कसरतले प्रधानमन्त्री नै फेरिन सक्छन्

सामाजिक अभियन्ता ईःईः ले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि सिर्जना भएका उथलपुथल र नयाँ सरकार गठन प्रक्रियामा रहेका केही अदृश्य खेलको व्याख्या गरेका छन् । उनले नयाँ सरकारको प्रारम्भिक प्रयास सानो समूहभित्र सीमित रहेकाले ठूला दल र शक्ति केन्द्रहरू त्यति सक्रिय नभएका बताएका छन् ।

ईःईःले भदौ २४ को उथलपुथलपछि पहिलो प्राथमिकता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने तयारी भएको खुलाएका छन् ।

तर परिस्थिति बिग्रँदा बालेनले प्रधानमन्त्री हुनबाट पछि हटेका पनि उनले खुलाएका छन् । केपी शर्मा ओलीको तत्कालीन सरकार ढलेपछि दोस्रो प्राथमिकतामा रवि लामिछाने भए पनि विकराल परिस्थितिले उनको ओज घटाइदिएको उनले उल्लेख गरेका छन् ।

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

राष्ट्रिय सभाका सचिव डा. अर्यालले दिए राजीनामा

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 

सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती 

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो
नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि पार्टीका लागि ऐतिहासिक दिन भएको बताएका छन्।

दल दर्ताका लागि निवेदन दिएपछि पत्रकार सम्मेलन गरेर प्रकाण्डले संसदीय निर्वाचन प्रणालीमा आफ्नो उपस्थिति रहने भएकाले आजको दिनलाई ऐतिहासिक दिन भनेको बताए ।

प्रकाण्डले अहिलेको आवश्यकतालाई नीतिलाई, जनताको मागअनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्ने माग समेत गरेका छन्।

उनले जनताको मुद्दाको कुरा, सिस्टमको कुरा चाहनाको कुरालाई आफै फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन भएको दाबी समेत गरेका छन्।

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

नेपाल लिबरल पार्टी गठनको घोषणा

विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

हितबहादुरले भने- सुशीलालाई प्रधानमन्त्री बनाउनेबाहेक जेन-जी आन्दोलनले उपलब्धि दिएन

नेकपा ९माओवादी केन्द्र० का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताएका छन् । मंगलबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा तामाङले जेन(जी आन्दोलनपछि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताएका हुन् ।

उनले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताए । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धि खासै नरहेको उनको भनाइ छ ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धि जेन–जी आन्दोलनबाट लिन नसकिएको तर्क गरे ।

जेन-जी आन्दोलनको समन्वय संघर्ष समितिले सार्वजनिक गर्‍यो सरकारको अवधारणा  

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

मुस्ताङ र मनाङमा भारी वर्षा

पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो ।

विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ ।

अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । अहिले ३ः४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९।६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छभने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ ।

सडकको हिउँ पन्छाएर पदयात्रीलाई सहजीकरण गर्दै सशस्त्र प्रहरी

हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

मुस्ताङमा हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित

माछापुच्छ्रे आधार शिविर माथि हिमपात

कात्तिके झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

मुस्ताङमा भारी हिमपात (तस्बिरहरू)

मुस्ताङमा भारी हिमपात, कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र अवस्थामा रहेका उक्त राजमार्गका पाँचवटा ठेक्का तोड्ने क्रममा कानुनी प्रक्रिया अघि बढाएको हो ।

जुम्ला सडक डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एक गरी पाँचवटा ठेक्का तोड्ने प्रक्रियाअन्तर्गत सार्वजनिक सूचना जारी गरी सम्बन्धित निर्माण व्यवसायीहरूलाई स्पष्टीकरणका लागि मौका दिएको छ ।

सम्झौताअनुसार काम गर्न, गराउन पटकपटक ताकेता गरे पनि काम नभएपछि बाध्य भई ठेक्का रद्द गर्ने क्रममा सूचना जारी गरेको स्पष्ट गर्दै इन्जिनियर सिंहले प्रचलित नियमानुसार ठेक्का प्राप्त गरी काम नगर्ने निर्माण व्यवसायीलाई जमानत जफतसहित अन्य कानुनी कारबाही हुने जानकारी दिए ।

आर्थिक वर्ष २०७५-७६ देखि २०७९-८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको, सम्झौताअनुसार काम नभएपछि पटकपटक ताकेता गरेको र धेरै पटकभन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको इन्जिनियर सिंहको भनाइ छ ।

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ

कुटपिटबाट एक ५० वर्षीया महिलाको मृत्यु

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

सिन्धुलीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

किस्ट अस्पतालमा भएको तोडफोडप्रति चिकित्सक सङ्घको आपत्ति, तत्काल कानुनी कारवाही गर्न माग 

माइतीघरमा प्रहरी घेराभित्र प्रदर्शन (तस्बिरहरू)

माइक्रो दुर्घटनामा १४ जना घाइते

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा
अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेकफ छन् ।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ ।

एसिया भ्रमणको दोस्रो चरणमा जापान आइपुगेका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

‘हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईँसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो’, ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भने ।

केन्यामा विमान दुर्घटनाहुँदा १२ जनाको मृत्यु

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुलमा हवाई हमलाले उजागर गरेको पाकिस्तानको गिर्दो सान्दर्भिकता

पाकिस्तानमा ईशनिन्दाको आरोप खेपेर निर्दोष साबित भएका इसाई धर्मगुरुको मृत्यु

आशियानसँग समुद्री सम्बन्ध विस्तार गर्ने भारतको चाहना

चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर

पूर्वप्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु

बङ्गलादेशमा तीव्र डेंगु सङ्क्रमण ९८३ नयाँ सङ्क्रमित, छ जनाको मृत्यु





























प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ५७ बजे

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग

काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल

बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो

झापा- भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोप लागेका भण्डारी जेल चलान

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको

धान भित्र्याउने बेला वर्षाले समस्या

तानसेन (पाल्पा)- घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका