जेलमा जन्मेका पाकिस्तानका बालबालिकाको अवस्था दयनीय « Khabarhub

जेलमा जन्मेका पाकिस्तानका बालबालिकाको अवस्था दयनीय


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा कारागारमा जन्मेका बालबालिकाको अवस्था खराब रहेको पाइएको छ । बन्दी जीवन बिताइरहेका आमाले जन्म दिएका बालबालिका कारागारमै बाँचिरहेका छन् ।

स्टिलका बन्दीगृह, धेरै भीडभाड र खराब पूर्वाधारका कारण कारागारको जीवन उसैपनि दयनीय छ । यस्तो अवस्थामा हुर्किरहेका बालबालिकाको भविष्यबारे चिन्ता व्यक्त हुँदै आएको छ ।

इस्लामखबरका अनुसार पञ्जाब प्रान्तका कारागारमा मात्रै ६ वर्षमुनिका १ सय ४० जना बालबालिका बन्दी आमासँगै हुर्किरहेका छन् । यसमध्ये ६७ जना बालक र ७३ जना बालिका छन् ।

उनीहरु विभिन्न ४५ वटा कारागारमा हुर्किरहेका छन् । उनीहरुको सुरुवाती स्मृति नै खेल्ने मैदान र किताबकापीभन्दा कारागारको सीमितता बन्न पुगेको छ ।

सबैभन्दा खराब अवस्था आदियाला कारागार र मुल्तान महिला कारागारमा छ । यी कारागारमा सबैभन्दा धेरै बालबालिका हुर्किरहेका छन् । उनीहरुका लागि घर भन्ने कुरा यही चार दिवालमा सीमित छ ।

कानुनअनुसार यी बालबालिका कैदी होइननन् । यद्यपि उनीहरु कैदी सरह नै जीवन गुजार्न बाध्य छन् । कैद भुक्तान गरिरहेका महिलाबाट जन्मेका उनीहरुले पनि आमाकै नियती भोग्नु परिरहेको छ ।

कानुनमा ५ वर्षको उमेरका बालबालिकाले आमासँगै बस्न दिने प्रावधान रहेको अधिकारीहरु बताउँछन् । यद्यपि ‘कानुनी प्रावधान’ को प्रशासनिक भाषाभित्र कानुनी प्रवधान मानवता होइन भन्ने कठोर सत्य लुकेको छ ।

उमेर पुगेपछि ती बालबालिकालाई आफन्त वा एसओएस बालग्राममा पठाइन्छ । यद्यपि यसो हुँदा पनि उनीहरुलाई आमासँग छुटिनुको पीडा त हुन्छ नै ।

आफ्ना सुरुवाती वर्षहरू कारागारमा बिताउने बालबालिकामा सुरक्षा, स्वतन्त्रता र अधिकारबारेको बुझाइ विकृत भइसकेको हुन्छ । आमाको स्नेह वास्तविक भए पनि आसपासको वातावरण नै उनीहरुका लागि दुश्मन बन्न पुग्छ ।

पञ्जाबका धेरैजसो जेलमा पातलो ओछ्यान, सीमित खाना, र न्यूनतम स्वास्थ्य सेवा मात्र पाइन्छ । खानामा सामान्यतया दाल र रोटी हुन्छ । यसले बच्चाहरूको पोषण आवश्यकताहरू पूरा हुँदैनन् । कारागारमा दूध वा फलफूल विलासिता मानिन्छ
कारागारमा शिक्षा पनि अपूर्ण हुन्छ ।

केही कारागारहरूले प्राथमिक शिक्षा प्रदान गर्ने दाबी गर्छन् तर शिक्षकहरू नियमित आउँदैनन् । त्यसमाथि साँघुरा कोठामा पढाइने भएकाले त्यो पनि कठिन हुन जान्छ ।

खेलौना, किताब र खुला मैदान बिना सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको कोरिडोर हेर्दै बच्चा हुर्किन्छ । बाल स्वास्थ्य सेवाको अभावले यी बालबालिकाहरूलाई रोकथाम गर्न सकिने रोगहरू पनि लाग्छन् ।

अधिकारीहरू प्रणालीको बचाउ गर्न तम्सिन्छन् । उनीहरु सबै आवश्यक सुविधाहरू प्रदान गरिएकोमा जोड दिन्छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : ३३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष