भारत र आशियानले दिगो पर्यटनमार्फत् आर्थिक स्थिरता बढाउने « Khabarhub

भारत र आशियानले दिगो पर्यटनमार्फत् आर्थिक स्थिरता बढाउने


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र दक्षिणपूर्वी एशियाली मुलुकहरुले दिगो पर्यटनका माध्यमबाट वातावरणको संरक्षण मात्र नभइ, स्थानीय समुदायहरूको आर्थिक जगलाई पनि बलियो बनाउनु पर्ने बताएका छन् ।

मलेशियामा आयोजित दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको ४७ औं सम्मेलनका क्रममा दिगो पर्यटनसँग सम्बन्धित कार्यक्रममा नेताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रतिनिधिहरुले यस क्षेत्रमा दीर्घकालीन आर्थिक स्थिरता र सामुदायिक विकासलाई सहयोग गर्ने पर्यावरणमैत्री र समावेशी पर्यटनलाई प्रवद्र्धन गर्ने वाचा पनि गरेका छन् ।

कार्यक्रमपछि जारी संयुक्त विज्ञप्तिमा आर्थिक स्थिरता दिगो पर्यटनको केन्द्रविन्दु रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा विशेषगरी, महिला र युवाहरूको लागि स्थीर जीविकोपार्जन सुनिश्चित गर्ने लचिलो व्यापार मोडेल, समुदाय–नेतृत्व पर्यटन र लगानीका अवसरहरूलाई प्रवद्र्धन गर्न आह्वान पनि गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : ०२ बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको