भारतको ९५ प्रतिशत व्यापार समुद्री मार्गबाट « Khabarhub

भारतको ९५ प्रतिशत व्यापार समुद्री मार्गबाट


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ९५ प्रतिशत व्यापार समुद्री मार्गबाट हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । भारतको व्यापार आयतनको हिसाबमा लगभग ९५ प्रतिशत र मूल्यको हिसाबमा लगभग ७० प्रतिशत समुद्री मार्गहरू मार्फत हुने गरेको हो । यसले भारतको अर्थतन्त्र र व्यापारिक प्रतिस्पर्धामा समुद्री मार्गको महत्वलाई उजागर छ ।

सरकारी प्रेस विज्ञप्तिमा उल्लेखित यस तथ्याङ्कले समुद्री क्षेत्र भारतको विश्वव्यापी व्यापार र विकासको मेरुदण्ड रहेको देखाउँछ । रिपब्लिक वर्ल्डका अनुसार कच्चा तेल र कोइलादेखि इलेक्ट्रोनिक्स, कपडा र कृषि वस्तुहरूसम्म भारतको अधिकांश आयात र निर्यात बन्दरगाहहरूबाट हुन्छ । यसले राष्ट्रिय प्रतिस्पर्धात्मकता र ग्लोबल इन्टिग्रेसनका लागि समुद्री यातायातको साम्मथ्र्य महत्वपूर्ण बनाउँछ ।

यो जीवनरेखालाई सुदृढ पार्न भारतले मरिटाइम इण्डिया भिजन (एमआईभी) २०३० कार्यक्रम लागू गरेको छ । यस रोडम्यापमा १ सय ५० भन्दा धेरै परियोजनाहरु समावेश हुने प्रक्षेपण छ । यसको लगानी ३ देखि ३.५ लाख करोड रुपैयाँको रहेको छ ।

जहाज निर्माणको लागि ६९,७२५ करोड रुपैयाँको प्याकेज अघि सारिएको छ । यस प्रकारका योजनाले बन्दरगाहहरूलाई आधुनिकीकरण गर्ने, ढुवानी क्षमता विस्तार गर्ने र अन्तर्देशीय जलमार्गहरूलाई बढावा दिने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०२४–२५ मा प्रमुख बन्दरगाहहरूले लगभग ८५५ मिलियन टन कार्गो व्यवस्थापन गरेका थिए । यो अघिल्लो वर्ष ८१९ मिलियन टन रहेको थियो ।

विगत एक दशकमा भारतको बन्दरगाह क्षमता लगभग दोब्बरले वृद्धि भएको छ । यसअघि यसको क्षमता १,४०० मिलियन मेट्रिक टन प्रतिवर्ष रहेकोमा हाल २,७६२ मिलियन मेट्रिक टन प्रतिवर्ष पुगेको छ । त्यसैगरी, कार्गो व्यवस्थापन ९७२ मिलियनबाट १,५९४ मिलियन टन पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : १७ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट