काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात « Khabarhub

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको अलैँची भारततर्फ निर्यात भएको छ । 

कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँको चिया र ८३ करोड ७० लाख ८६ हजार रुपैयाँको प्लाइउड निर्यात भएको छ । 

साथै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँको छुर्पी, ४४ करोड ९९ लाख ११ हजार रुपैयाँको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजार रुपैयाँको अदुवा र सुठो,  ३० करोड ४१ लाख ४९ हजार रुपैयाँको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ । 

साथै, नौ करोड १२ लाख ८७ हजार रुपैयाँको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ । 
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : ०५ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि