मह र च्याउ खेतीको प्रवर्द्धन गर्न सरकारले ल्यायो नयाँ कार्यविधि  « Khabarhub

मह र च्याउ खेतीको प्रवर्द्धन गर्न सरकारले ल्यायो नयाँ कार्यविधि 


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने उद्देश्यले ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो कार्यविधि यही पुस महिनादेखि लागू गरेको हो ।

नयाँ कार्यविधिले विशेष गरी मह, मौरीजन्य उत्पादन र च्याउ खेतीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिएको छ । यसअन्तर्गत कृषक तथा उद्यमीहरूलाई आधुनिक प्रविधि हस्तान्तरण, उत्पादनको प्रचार–प्रसार र सरोकारवालाबीच व्यावसायिक सम्बन्ध स्थापना गर्न मद्दत पुग्नेछ। साथै, नेपाली महको प्रदर्शन र बिक्रीका लागि ‘राष्ट्रिय मह मेला’ आयोजना गरिनेछ ।

यसबाहेक, खाद्यान्न, तेलहन र रैथाने बालीको संरक्षण एवं उत्पादन बढाउन ‘बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम’ पनि सञ्चालन हुनेछ। मन्त्रालयका अनुसार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान गरी छनोट भएका कृषक समूह, सहकारी र सामुदायिक बिउ बैंकहरूलाई अनुदान सहयोग उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  २ : ३८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको