जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु « Khabarhub

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । 

नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा आजदेखि दुईदिने तालिम सुरु भएको हो ।

क्यामेराको लेन्समार्फत मधेस प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटिपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी दिए । 

उनले जनकपुरधाम केवल जानकी मन्दिर र धार्मिक गन्तव्यमा मात्र सीमित नभई मिथिला संस्कृति, कला, सभ्यता, ऐतिहासिक सम्पदा र समुदायका जीवनशैलीसँग जोडिएका असङ्ख्य पर्यटन कथाहरू रहेको उल्लेख गरे । 

‘ती कथालाई प्रभावकारी दृश्य माध्यमबाट प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गइरहेकाले पर्यटनका सम्भावनालाई उजागर गर्दै स्थानीय गन्तव्यलाई विश्व बजारसम्म पुर्‍याउन यो तालिम उपयोगी हुने विश्वास गरेका छौँ’, दवाडीले भने ।   

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डका रूपमा व्याख्या गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए।  

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : ३२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन