भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित « Khabarhub

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध गरेको द्रुत र सटीक प्रतिशोधी कारबाहीले पाकिस्तानलाई सैन्य रूपमा मात्र नभई राजनीतिक र नेतृत्व तहसम्म गहिरो रूपमा हल्लाएको छ । उक्त कारबाहीका कारण शीर्ष नेतृत्वमा समेत डर पैदा भएको स्वीकार गर्दै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले मे महिनामा उत्पन्न तनावका बेला आफूलाई बङ्करमा शरण लिन सल्लाह दिइएको खुलासा गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा उहाँले मे महिनामा नयाँ दिल्लीले गरेको जवाफी आक्रमणका क्रममा आफ्नो सैन्य सचिवले उनलाई तत्काल सुरक्षाका लागि बङ्करमा जान आग्रह गरेको जानकारी दिए । उनका अनुसार भारतीय सैन्य कारबाहीका कारण पाकिस्तानको शीर्ष नेतृत्व तीव्र दबाब र भयको अवस्थामा पुगेको थियो । मे महिनामा भएको उक्त सैन्य वृद्धि भारतको ‘अपरेसन सिन्दूर’ का रूपमा चिनिन्छ ।

यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी हमलाको प्रत्यक्ष जवाफ थियो, जसमा २६ जना निर्दोष सर्वसाधारणको ज्यान गएको थियो । त्यसपछि भारतले पाकिस्तान र पाकिस्तानको कब्जामा रहेको जम्मू–काश्मीर (पिओजेके) भित्र रहेका नौवटा आतङ्कवादी शिविरलाई लक्षित गर्दै सशस्त्र कारबाही गरेको थियो । उक्त अपरेसनअन्तर्गत भारतीय सशस्त्र बलले मे महिनामा पाकिस्तानी सैन्य प्रतिष्ठानहरूमा रणनीतिक र सटीक आक्रमण गरेको बताइएको छ ।

राष्ट्रपति जरदारीले सैन्य सचिवको चेतावनीका बाबजुद आफूले बङ्करमा प्रवेश गर्न अस्वीकार गरेको स्पष्ट गरे । उनले भने, “मेरो एमएस (सैन्य सचिव) मसँग आएर भन्नुभयो, ‘सर, युद्ध सुरु भइसकेको छ ।’ मैले त चार दिन अघिनै युद्धको सम्भावनाबारे जानकारी दिएको थिएँ । तर उहाँले फेरि भन्नुभयो, ‘सर, बङ्करमा जानुहोस् ।’ त्यसपछि मैले भनेँ, ‘यदि शहादत आउनु छ भने, त्यो यहीँ आउनेछ । नेताहरू बङ्करमा मर्दैनन्, उनीहरू युद्धभूमिमा मर्छन् ।’”

भारतीय सशस्त्र बलले अप्रिल २२ को पहलगाम आतङ्कवादी हमलाको जवाफस्वरूप मे ७ को बिहान औपचारिक रूपमा अपरेसन सिन्दूर सुरु गरेको थियो । यसपछि भारत र पाकिस्तानबीचको द्वन्द्व थप गहिरिँदै गएको थियो । त्यस क्रममा पाकिस्तानतर्फबाट सीमापार गोलाबारी बढेको र भारतीय सशस्त्र बलले त्यसको कडा जवाफ दिएको विवरण सार्वजनिक भएका थिए ।

युद्धको स्थिति चर्किंदै गएपछि घटनाक्रमले एक्कासि नयाँ मोड लियो । पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशक (डिजिएमओ) ले भारतका डिजिएमओसँग सम्पर्क गर्दै युद्धविरामको प्रस्ताव राखेका थिए, जसलाई भारतले स्वीकार गरेको बताइएको छ । पाकिस्तानी पक्षबाट आएको उक्त सम्पर्कको पुष्टि भारतका विदेश सचिव विक्रम मिस्रीले पनि गरेका छन् । उनका अनुसार दुवै देश भूमि, समुद्र र हावामा सबै प्रकारका सैन्य कारबाही रोक्न सहमत भएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ४६ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने