जसपा नेपाल र लोसपाबीच एकता हुने « Khabarhub

जसपा नेपाल र लोसपाबीच एकता हुने


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकता हुने भएको छ ।

आइतबार काठमाडौंमा बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै एकीकरणमा जाने निर्णय गरेको हो।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दाहरूलाई अझ मजबुत बनाउने आवश्यकतामा जोड दिएको छ। यी मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन र न्यायपूर्ण समाज निर्माणका लागि दुवै पार्टी एकताबद्ध हुने निष्कर्षमा पुगेको जनाइएको छ।

पार्टी एकीकरणको निर्णयले मधेस केन्द्रित राजनीति मात्र नभई राष्ट्रिय राजनीतिमा पनि नयाँ सन्तुलन सिर्जना गर्ने अपेक्षा गरिएको छ। आगामी दिनमा एकीकृत पार्टीको नाम, संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थाबारे आवश्यक प्रक्रिया अघि बढाइने दुवै पक्षले जनाएका छन्।

उक्त निर्णयमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रतिबद्धता व्यक्त गर्दै एकताबाट जनताको अधिकार, पहिचान र समावेशी लोकतन्त्रका पक्षमा सशक्त राजनीतिक हस्तक्षेप हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ९ : ०४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले