मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै « Khabarhub

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

’समुदायका लागि, समुदायसँग : मानसिक स्वास्थ्यमा निरन्तर सहकार्य’ भन्ने नाराका साथ चितवनमा यही वैशाख १८ देखि २० गतेसम्म दुई दिने सम्मेलनको आयोजना हुन लागेको हो । सम्मेलनको आयोजना नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले गर्ने भएको हो ।

सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक अमेरिकास्थित हावर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्न यो ऐतिहासिक हुने बताए ।

पौडेलले भने, ’मानसिक स्वास्थ्यको पहुँचमा अभिवृद्धि गर्न तथा मानसिक समस्याको गुणस्तरीय उपचारलाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गर्दै स्थानीय स्वास्थ्य प्रणालीलाई सबल बनाउन लागि परेका छौँ ।’

सम्मेलनमा १४ वटा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरू आयोजक साझेदारको रूपमा जोडिएका छन् । सम्मेलनमा १०० वटाभन्दा बढी प्रस्तुतीकरण हुनेछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ५८ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले