पीओके क्षेत्रमा त्रास : स्थिति बिग्रियो भने आपतकाल लागू गरिने « Khabarhub

पीओके क्षेत्रमा त्रास : स्थिति बिग्रियो भने आपतकाल लागू गरिने


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतको सम्भावित सैन्य कारबाहीको डरले पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा त्रास फैलिएको छ।

पीओकेका प्रधानमन्त्री चौधरी अनवर उल हकले बिहीबार  स्थिति बिग्रियो भने आपतकाल लागू गर्न सकिने बताएका छन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार  सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नीलम उपत्यका र नियन्त्रण रेखा (एलओसी) नजिकैका संवेदनशील क्षेत्रहरूमा पर्यटकहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

साथै, धार्मिक मदरसाहरूलाई १० दिनको लागि बन्द गर्न आदेश दिइएको छ।

भारतीय आक्रमणको अवस्थामा खाद्यान्न, औषधि र अन्य आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न पूर्ण तयारी गरिएको पीओके सरकारले दाबी गरेको छ। 

आपतकालीन कोषमा एक अर्ब रुपैयाँ स्थानान्तरण गरिएको समाचारमा उल्लेख छ ।आज तक टेलिभिजन रिर्पोटका अनुसार उक्त क्षेत्रमा रहेका होटल, गेस्टहाउस र विवाह हलका मालिकहरूले आफ्नो सम्पत्ति सेनालाई प्रस्ताव गरेको खुलाइएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ०७ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ