पीओके क्षेत्रमा त्रास : स्थिति बिग्रियो भने आपतकाल लागू गरिने « Khabarhub

पीओके क्षेत्रमा त्रास : स्थिति बिग्रियो भने आपतकाल लागू गरिने


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतको सम्भावित सैन्य कारबाहीको डरले पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा त्रास फैलिएको छ।

पीओकेका प्रधानमन्त्री चौधरी अनवर उल हकले बिहीबार  स्थिति बिग्रियो भने आपतकाल लागू गर्न सकिने बताएका छन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार  सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नीलम उपत्यका र नियन्त्रण रेखा (एलओसी) नजिकैका संवेदनशील क्षेत्रहरूमा पर्यटकहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

साथै, धार्मिक मदरसाहरूलाई १० दिनको लागि बन्द गर्न आदेश दिइएको छ।

भारतीय आक्रमणको अवस्थामा खाद्यान्न, औषधि र अन्य आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न पूर्ण तयारी गरिएको पीओके सरकारले दाबी गरेको छ। 

आपतकालीन कोषमा एक अर्ब रुपैयाँ स्थानान्तरण गरिएको समाचारमा उल्लेख छ ।आज तक टेलिभिजन रिर्पोटका अनुसार उक्त क्षेत्रमा रहेका होटल, गेस्टहाउस र विवाह हलका मालिकहरूले आफ्नो सम्पत्ति सेनालाई प्रस्ताव गरेको खुलाइएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ०७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह