नागपूजा माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

नागपूजा माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताएका छन्ब । मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको बताउँदै नागपञ्चमी पर्वलाई माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा उल्लेख गरेका छन् ।

उनले प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएको र  यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास रहेको उल्लेख गरेका छन् ।

उनले प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोग्न बाध्य भइरहेको जनाउँदै नागलाई पूजा गर्ने दिनले जीवहरूसँग मानिसको सहअस्तित्वलाई सम्झाउने बताएका छन् । 

उनले लेखेका छन्– आज नागपञ्चमीः पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन । यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ । प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ । आजको दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ। हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन् । यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ । सबैलाई नागपञ्चमीको शुभकामना !’

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ५३ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो