दाउरा टिप्न जाँदा ठूलीभेरीको बाढीमा फसेका चार जनालाई सुरक्षाकर्मीले तीन घण्टाको प्रयासपछि बचाए | Khabarhub Khabarhub

दाउरा टिप्न जाँदा ठूलीभेरीको बाढीमा फसेका चार जनालाई सुरक्षाकर्मीले तीन घण्टाको प्रयासपछि बचाए


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

डोल्पा- ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरको नदीबीचमा फसेका चारजनालाई सुरक्षाकर्मी ३ घण्टाको संघर्षपछि उद्धार गर्न सफल भएका छन् ।

बाढी उर्लिएको ठूलीभेरी नदीमा फसेका चारजना स्थानीयबासीलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो।

ठूलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला बाढी आएर पानीको बहाव बढ्दा उनीहरू नदीको बीच भागमा फसेका थिए ।

संग्राम शार्दुल गुल्मबाट खटिएको नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगेको हो।

अहिले ठूलीभेरीमा ठूलो बाढी भएको छ डोल्पा सदरमुकाम दुनैकोनजिकै भेरीले बगाएका दाउरा टिप्न जाँदा उनीहरू फसेका थिए ।

तस्बिरहरू : टेक शाही क्रिस्टल

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १२ : ३५ बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत