बागमतीका मुख्यमन्त्री लामाले संसदीय दलमा गुमाए विश्वास, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो « Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले संसदीय दलमा गुमाए विश्वास, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको पक्षमा १५ मात्रै सांसद उभिएका हुन्। उता उनको विपक्षमा २२ जना सांसद उभिएका छन् ।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो । बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन् ।

अब नयाँ संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुनेछ । उक्त निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका खुल्नेछ ।

तर, आफ्नै पार्टीका लामालाई दलको नेताबाट हटाएका बानियाँका लागि प्रदेशसभामा अर्को चुनौती छ । यदि लामाले आफूलाई हटाएको बदला फ्लोर क्रस गरेर लिए भने बानियाँ एक पटक फेरि मुख्यमन्त्रीबाट बञ्चित हुन सक्नेछन् ।

बानियाँ २०७९ को निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा तत्कालीन माओवादी केन्द्रसहितको सत्ता गठबन्धबाट विजयी भएका थिए । ।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरेका थिए । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका थिए । उनी यसअघि पनि मुख्यमन्त्रीको दौडमा थिए । तर उनलाई नबनाई कांग्रेसले नुवाकोटका लामालाई अवसर दियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : २७ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई