बागमतीका मुख्यमन्त्री लामाले संसदीय दलमा गुमाए विश्वास, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो | Khabarhub Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले संसदीय दलमा गुमाए विश्वास, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको पक्षमा १५ मात्रै सांसद उभिएका हुन्। उता उनको विपक्षमा २२ जना सांसद उभिएका छन् ।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो । बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन् ।

अब नयाँ संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुनेछ । उक्त निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका खुल्नेछ ।

तर, आफ्नै पार्टीका लामालाई दलको नेताबाट हटाएका बानियाँका लागि प्रदेशसभामा अर्को चुनौती छ । यदि लामाले आफूलाई हटाएको बदला फ्लोर क्रस गरेर लिए भने बानियाँ एक पटक फेरि मुख्यमन्त्रीबाट बञ्चित हुन सक्नेछन् ।

बानियाँ २०७९ को निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा तत्कालीन माओवादी केन्द्रसहितको सत्ता गठबन्धबाट विजयी भएका थिए । ।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरेका थिए । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका थिए । उनी यसअघि पनि मुख्यमन्त्रीको दौडमा थिए । तर उनलाई नबनाई कांग्रेसले नुवाकोटका लामालाई अवसर दियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : २७ बजे

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म